YouTube Link

सक्रिय पत्रकारलाई सदस्यताबाट बञ्चित गर्ने कार्य स्वीकार्य हुन सक्दैन: नेपाल प्रेस युनियन

World Cup 2026
Facebook Link

 

काठमाडौं: नेपाल प्रेस युनियनले नेपाल पत्रकार महासंघका शाखाहरूले पठाएका सदस्यता सूचीलाई बेवास्ता गर्दै सक्रिय पत्रकारलाई सदस्यताबाट बञ्चित गर्ने कार्य गरेकोप्रति एक विज्ञप्ति जारी गर्दै स्वीकार्य हुन नसक्ने चेतावनी दिएको छ ।

 

युनियनका महासचिव दिलिप पौडेलले आइतबार विज्ञप्ति जारी गरेर नेपाल पत्रकार महासंघको सदस्यता विधि, विधान, प्रक्रिया मिचेर वितरण गर्न लागिएको भन्दै महासंघ केन्द्रीय समितिभित्रबाटै केन्द्रीय कार्यालयमा तालाबन्दी भएको घटनाप्रति युनियनको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

 

विज्ञप्तिमा भनिएको छ- ‘सक्रिय पत्रकारलाई बाहिर राखेर विधान विपरीत सदस्यता वितरण गर्न लागिएको भन्दै महासंघका शाखाहरू, प्रदेश समिति र केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरूमा असन्तुष्टि हुनु र तालाबन्दीको अवस्था सिर्जना हुनुलाई नजर अन्दाज गर्न मिल्दैन’, ‘सदस्यता वितरणमा देखिएको त्रुटिले नै यो अवस्था सिर्जना भएको हो भन्ने युनियनको बुझाइ छ’, विज्ञप्तिमा उल्लेख छ । ‘सदस्यता वितरणमा महासंघका शाखाहरूले पठाएका सदस्यता सूचीलाई बेवास्ता गर्दै सक्रिय पत्रकारलाई सदस्यताबाट बञ्चित गर्ने कार्य युनियनलाई स्वीकार्य हुन सक्दैन’, युनियनले भनेका छ ।

 

‘पत्रकार महासंघका शाखा, प्रदेश समिति र केन्द्रीय समितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूको एक मत बनाएर शाखाहरूका सिफारिसलाई आत्मसाथ गदै महासंघको विधान अनुसार संगठन समिति, शुद्धीकरण समिति र केन्द्रीय समितिमार्फत महासंघको सदस्यता विवाद निरुपण होस् भन्ने युनियन चाहन्छ’, विज्ञप्तिमा भनिएको छ । ‘एकताबद्ध भएर अघि बढ्दा पत्रकार महासंघको वृहत्तर हित हुन्छ भन्नेमा युनियनको दृढ विश्वास छ’, ‘सदस्यता वितरण पारदर्शी रूपमा विधि, प्रक्रिया, विधान अनुसार टुंग्याएर तोकिएकै मितिमा नेपाल पत्रकार महासंघको निर्वाचन गर्न समेत प्रेस युनियन हार्दिक आग्रह गर्दछ ।’

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

वि.सं.२०८३ असार १४ आइतवार ११:२२

तस्वीरमा सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्याल...

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:२०

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज पनि सूचना टासेर स्थगित भएको छ...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...