YouTube Link

सक्रिय पत्रकारलाई सदस्यताबाट बञ्चित गर्ने कार्य स्वीकार्य हुन सक्दैन: नेपाल प्रेस युनियन

Khanepani Dhal
Facebook Link

 

काठमाडौं: नेपाल प्रेस युनियनले नेपाल पत्रकार महासंघका शाखाहरूले पठाएका सदस्यता सूचीलाई बेवास्ता गर्दै सक्रिय पत्रकारलाई सदस्यताबाट बञ्चित गर्ने कार्य गरेकोप्रति एक विज्ञप्ति जारी गर्दै स्वीकार्य हुन नसक्ने चेतावनी दिएको छ ।

 

युनियनका महासचिव दिलिप पौडेलले आइतबार विज्ञप्ति जारी गरेर नेपाल पत्रकार महासंघको सदस्यता विधि, विधान, प्रक्रिया मिचेर वितरण गर्न लागिएको भन्दै महासंघ केन्द्रीय समितिभित्रबाटै केन्द्रीय कार्यालयमा तालाबन्दी भएको घटनाप्रति युनियनको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

 

विज्ञप्तिमा भनिएको छ- ‘सक्रिय पत्रकारलाई बाहिर राखेर विधान विपरीत सदस्यता वितरण गर्न लागिएको भन्दै महासंघका शाखाहरू, प्रदेश समिति र केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरूमा असन्तुष्टि हुनु र तालाबन्दीको अवस्था सिर्जना हुनुलाई नजर अन्दाज गर्न मिल्दैन’, ‘सदस्यता वितरणमा देखिएको त्रुटिले नै यो अवस्था सिर्जना भएको हो भन्ने युनियनको बुझाइ छ’, विज्ञप्तिमा उल्लेख छ । ‘सदस्यता वितरणमा महासंघका शाखाहरूले पठाएका सदस्यता सूचीलाई बेवास्ता गर्दै सक्रिय पत्रकारलाई सदस्यताबाट बञ्चित गर्ने कार्य युनियनलाई स्वीकार्य हुन सक्दैन’, युनियनले भनेका छ ।

 

‘पत्रकार महासंघका शाखा, प्रदेश समिति र केन्द्रीय समितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूको एक मत बनाएर शाखाहरूका सिफारिसलाई आत्मसाथ गदै महासंघको विधान अनुसार संगठन समिति, शुद्धीकरण समिति र केन्द्रीय समितिमार्फत महासंघको सदस्यता विवाद निरुपण होस् भन्ने युनियन चाहन्छ’, विज्ञप्तिमा भनिएको छ । ‘एकताबद्ध भएर अघि बढ्दा पत्रकार महासंघको वृहत्तर हित हुन्छ भन्नेमा युनियनको दृढ विश्वास छ’, ‘सदस्यता वितरण पारदर्शी रूपमा विधि, प्रक्रिया, विधान अनुसार टुंग्याएर तोकिएकै मितिमा नेपाल पत्रकार महासंघको निर्वाचन गर्न समेत प्रेस युनियन हार्दिक आग्रह गर्दछ ।’

 

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
काठमाडौं लगायत देशका धेरै स्थानमा उकालो लाग्दै तापक्रम

काठमाडौं लगायत देशका धेरै स्थानमा उकालो लाग्दै तापक्रम

वि.सं.२०८१ माघ १० बिहीवार ०७:५७

काठमाडौं: काठमाडौं उपत्यकालगायत देशका धेरै स्थानमा तापक्रम बढ्न थालेको छ...

हेर्नुहोस् आज २०८१ माघ १० गते बिहीबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ माघ १० गते बिहीबार तपाईको राशिफल

वि.सं.२०८१ माघ १० बिहीवार ०७:२३

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

२४औँ स्थापना दिवस भव्यताका साथ मनाउँदै सशस्त्र प्रहरी बल

२४औँ स्थापना दिवस भव्यताका साथ मनाउँदै सशस्त्र प्रहरी बल

वि.सं.२०८१ माघ ९ बुधवार १०:२७

काठमाडौं: वि.सं. २०५७ साल माघ ९ गते स्थापना भएको सशस्त्र...

हेर्नुहोस् आज २०८१ माघ ९ गते बुधबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ माघ ९ गते बुधबार तपाईको राशिफल

वि.सं.२०८१ माघ ९ बुधवार ०७:४६

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

कसरी दिन सकिन्छ पाँच लाख बराबरको स्वास्थ्य बिमा सेवा ?

कसरी दिन सकिन्छ पाँच लाख बराबरको स्वास्थ्य बिमा सेवा ?

वि.सं.२०८१ माघ ८ मंगलवार १०:५२

काठमाडौं: स्वास्थ्य बिमा रकम पाँच लाख बनाउन लागेको विषय अहिले...

अमेरिका डब्ल्यूएचओ र पेरिस जलवायु सम्झौताबाट बाहिरिएको घोषणा

अमेरिका डब्ल्यूएचओ र पेरिस जलवायु सम्झौताबाट बाहिरिएको घोषणा

वि.सं.२०८१ माघ ८ मंगलवार १०:३३

काठमाडौं: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)बाट अलग...