YouTube Link

एसीसी प्रिमियर कप: आज नेपाल र हङकङ भिड्दै

Facebook Link

काठमाडौं: एसीसी प्रिमियर कपमा नेपालले आज हङकङसँग खेल्दैछ । खेल नेपाली समय अनुसार ११:४५ बजे ओमानको अल अमारात क्रिकेट मैदानमा हुनेछ । आजको खेल जित्दै नेपाल एक खेल अगावै सेमिफाइनलमा प्रवेश गर्न चाहन्छ ।

नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेट र कतारलाई ३२ रनले पराजित गरेको थियो । हङकङ भने साउदी अरबसँग पराजित भएको छ । आइतबार भएको खेलमा साउदीले हङकङलाई ५५ रनले हराएको थियो । पहिलो खेलमा हङकङले कतारलाई २६ रनले पराजित गरेको छ ।  ​

हङकङविरुद्धको टी–२० क्रिकेटमा नेपालले हालसम्म खेलेका ११ मध्ये ६ खेलमा जित हात पारेको छ भने चार खेल हङकङले जितेको छ । एक खेलमा नतिजाविहीन भएको छ । पछिल्लो पटक सन् २०२४ को मार्चमा मोङ कोकमा भएको खेलमा हङकङले नेपाललाई ७३ रनले हराएको थियो । नेपालले समूह चरणको अन्तिम खेल बुधबार साउदी अरबसँग खेल्नेछ । ​

एसीसी प्रिमियर कपमा नेपाल समूह ’ए’ मा छ । यो समूहमा नेपालसँगै हङकङ, मलेसिया, कतार र साउदी अरेबिया छन् । त्यस्तै समूह ‘बी’ मा बहराइन, कम्बोडिया, कुवेत, ओमान र संयुक्त अरब इमिरेट्स यूएई छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...