उपाधिका लागि नेपालले डिफेन्डिङ च्याम्पियन जोर्डनसँग भिड्दै
वि.सं.२०८० फागुन १७ बिहीवार ०७:५०
3K
shares
काठमाडौं: नेपाली राष्ट्रिय महिला फुटबल टोलीले वाफ महिला च्याम्पियनसिप अन्तर्गत उपाधिका लागि आज जोर्डनसँग खेल्दैछ । खेल नेपाली समय अनुसार १० बजे साउदीको किङ अब्दुल्लाह स्पोर्ट सिटीमा हुनेछ ।
नेपालले लेबनानलाई पराजित गर्दै फाइनलमा पुगेको हो भने लेबनान प्याल्स्टाइनलाई हराउँदै नेपालसँगको उपाधि भिडन्त पक्का गरेको हो । यो खेलमा दुवै टोली अपराजिता छन् । समूह ‘बी’को नेपालले सिरिया, इराक प्यालेस्टाइनलाई समूह चरणमा हराएको थियो ।
लेबनानले गुआम साउदी अरब र लेलबनालाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । लेबनान साबिक विजेता हो भने नेपालको यो प्रतियोगितामा डेब्यू खेल हो । डिफेन्डिङ च्याम्पियन जोर्डनले सन् २००५ र २००७ मा दुई तथा सन् २०१४, १९ र २२ मा तीन गरी पाँच पटक उपाधि उचालि सकेको छ ।
वि.सं.२०८० फागुन १७ बिहीवार ०७:५०




















