YouTube Link

सिरिजको दोस्रो खेलमा नेदरल्यान्ड्ससँग नेपाल दुई रनले पराजित

Facebook Link

 

काठमाडौं: त्रिकोणात्मक टि-२०आई सिरिजको दोस्रो खेलमा नेदरल्यान्ड्ससँग नेपाल २ रनले पराजित भएको छ । नेदरल्यान्ड्सले प्रस्तुत गरेको १८५ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल २० ओभरमा ८ विकेट गुमाएर १८२ रन बनायो ।

 

अन्तिम ३ ओभरमा ४८ रन चाहिएको अवस्थामा १८औं ओभरमा आर्यन दत्तलाई १८ रन र १९औं ओभरमा टिम भान डर गुग्टेनलाई १५ रन प्रहार गरेपछि नेपाल खेलमा फर्किएको थियो । अन्तिम ओभरमा नेपाललाई जितको लागि १५ रन चाहिएको थियो । दीपेन्द्रले अन्तिम ओभरको दुई बल चौका र छक्का प्रहार गरे । तेस्रो बलमा दोस्रो रन जोड्दा करण रनआउट भएका थिए ।

 

चौथो बलमा दीपेन्द्र बोल्ड भए । पाँचौ बलमा नयाँ ब्याटर प्रतिश जिसी बिट भए । अन्तिम बलमा ४ रन चाहिएको अवस्थामा लेग बाइमा १ रन जोड्दा नेपाल हार बेहोर्न पुग्यो । दीपेन्द्रले ३४ बलमा ६ चौका र ३ छक्कासहित ६३ रन जोडे । करण केसीले ७ बलमा १ छक्कासहित ११ रनको योगदान दिए । यी दुईले सातौं विकेटका लागि ५५ रनको साझेदारी गर्दै खेलमा फर्काएका थिए ।

 

ओपनर कुशल भुर्तेल इनिङको तेस्रो बलमा खाता नखोली कट बिहाइन्ड भए । दोस्रो विकेटका लागि आसिफ शेख र रोहित पौडेलले ६५ रनको साझेदारी गरे । आसिफ २३ बलमा ४ चौका र १ छक्कासहित ३४ रन जोडेर आउट भए । ८औं ओभरको पहिलो बलमा भान डर मर्वलाई आक्रमण गर्ने धुनमा उनी स्टम्प आउट भए ।

 

१२औं ओभरको दोस्रो बलमा कुशल मल्ल ७ बलमा ११ रन जोड्दै एंगलब्रेक्टको बलमा आउट भए । सोहि ओभरको अन्तिम बलमा रोहित पौडेल पनि पेभेलियन फर्किए । उनले ३६ बलमा ६ चौका र २ छक्कासहित ५० रन बनाए । सन्दीप जोरा ८ रन जोड्दै भान डर गुग्टेनको एलबीडब्लु धरापमा परे । सोमपाल पहिलो बलमै क्याचआउट हुँदा नेपाल १२६-६ को स्थितिमा पुग्यो । त्यसपछि करण केसी र दीपेन्द्रसिंह ऐरीले बलियो साझेदारी गरेका थिए ।

 

त्यसअघि पहिलो ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १८४ रन जोड्यो । नेदरल्यान्ड्सका ओपनर माइकल लेभिटले अर्धशतक प्रहार गरे । लेभिटले आक्रामक सुरुवात गर्दै नेपाललाई दबाबमा राखेका थिए । उनले ३६ बलमा ५ चौका र ३ छक्कासहित ५४ रन जोडे । ९औं ओभरमा कुशल मललाई आक्रमण गर्ने प्रयासमा उनी स्टम्पिङ आउट भए ।

 

त्यसअघि तेस्रो ओभरमा म्याक्स ओ डाउड ४ रन जोड्दै करण केसीको शिकार बने । स्कट एडवार्ड्सले १६ बलमा ५ चौकासहित ३३ रन जोडे । उनी रनआउट हुन पुगेका थिए । साइब्रान्ड एंगलब्रेक्टले ३८ बलमा नटआउट ४९ रन जोडे । उनले ४ चौका र १ छक्का प्रहार गरे । तेजा निदमनुरुले अन्तिम बलमा रनआउट हुनुअघि ३१ रन जोडे । उनले २४ बलको सामना गर्दै ३ चौका प्रहार गरे ।

 

नेपाल पहिलो खेलमा नामिबियासँग २० रनले पराजित भएको थियो । अब तेस्रो खेलमा विहीबार नेदरल्यान्ड्स र नामिबिया खेल्नेछन् । त्यसपछि समूह चरणमा थप ३ खेल हुनेछन् । नेपालका कप्तान रोहित कुमार पौडेलले टस जितेर पहिलो फिल्ड गर्ने निर्णय लिएका थिए । टोलीमा आज दुई परिवर्तन भएको छ । विवेक यादव र अभिनाश बोहोराको स्थानमा ललित नारायण राजवंशी र प्रतिश जिसी टोलीमा आएका छन् । नेदरल्यान्ड्सले टिम भान डर गुग्टेनलाई सिधै टि-२० टोलीमा राखेको छ । उनी ओडीआई टोलीमा थिएनन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...