YouTube Link

लेबनानलाई हराउँदै नेपाल फाइनलमा, उपाधिका लागि जोर्डनसँग खेल्ने

World Cup 2026
Facebook Link

 

काठमाडौं: नेपाल वाफ वुमन्स (वाफ) च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति सम्पन्न खेलमा लेबनानलाई २-१ गोल अन्तरले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो ।

 

साउदी अरेबियामा जारी प्रतियोगितामा मंगलबार पहिलो हाफमा १-० ले पछि परेको अवस्था उल्ट्याउँदै नेपालले प्रितीको गोलमा २-१ को नाटकीय जित दर्ता गरेको हो । खेल १-१ को बराबरीमा रहेको अवस्थामा नेपालले इन्ज्युरी समयमा कर्नर किक पाएको थियो । विमला चौधरीको कर्नर किक क्लियर भएपछि बक्स बाहिरबाट प्रितीले गरेको प्रहारले जाली चुमेको थियो ।

 

नेपालले खेलको ३८औँ मिनेटमा आत्मघाती गोल खाएको थियो । पूजा रानाले गोलकिपर एञ्जिला सुब्बालाई ब्याक पास दिने क्रममा आत्मघाती गोल भएको थियो । पहिलो हाफमा १-० ले पछि परेको नेपालले दोस्रो हाफमा शानदार पुनरागमन गर्‍यो । सावित्रा भण्डारीले नेपालका लागि ७६औं मिनेटमा बराबरी गोल फर्काइन् । खेलको इञ्जुरी समयमा प्रिति राईले डीबक्स बाहिरबाट प्रहार गरेको बलले जाली चुमेपछि नेपाल विजयी बनेको हो ।

 

नेपालले अब फाइनलमा जोर्डनको सामना गर्नेछ । जोर्डनले पहिलो सेमिफाइनलमा प्यालेस्टाइन माथि ५-० को जित निकाल्दै फाइनल प्रवेश गरेको हो । जोर्डन साविक विजेतासँगै प्रतियोगिताको ५ पटकको विजेता हो । नेपालले समूह चरणमा तीन वटै खेलमा जित दर्ता गर्दै समूह विजेता बनेर सेमिफाइनल प्रवेश गरेको थियो ।

 

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:२०

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज पनि सूचना टासेर स्थगित भएको छ...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...