आज सेमिफाइनलमा नेपालले लेवनानसँग खेल्दै
वि.सं.२०८० फागुन १५ मंगलवार ०९:२९
2.8K
shares
काठमाडौं: नेपाली राष्ट्रिय महिला फुटबल टोलीले वाफ महिला च्याम्पियनसिप अन्तर्गत सेमिफाइनलमा आज लेवनानसँग खेल्दैछ । खेल नेपाली समय अनुसार रातीको १०:४५ बजे सुरु हुनेछ ।
नेपाल समूह चरणमा शत प्रतिशत जितको नतिजा निकाल्दै समूह विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको हो । लेवनानले भने समूह चरणमा २ जित र १ हारको नतिजा निकालेको थियो । नेपालले पहिलो खेलमा सिरियालाई ४-१ ले पराजित गर्यो । दोस्रो खेलमा नेपालले इराकलाई ५-० ले हरायो । अन्तिम खेलमा प्यालेस्टाइनमाथि ४-० को जितसँगै नेपाल समूह विजेता बनेको हो ।
यता लेवनानले पहिलो खेलमा गुआममाथि ४-३ को प्रतिस्पर्धात्मक जित निकालेको थियो । त्यसपछि साउदीलाई २-३ ले हराएको लेवनान अन्तिम खेलमा भने जोर्डनसँग २-० ले पराजित भयो । आज हुने पहिलो सेमिफाइनलमा प्यालेस्टाइन र जोर्डन खेल्नेछन् । प्रतियोगताको फाइनल विहीबार हुनेछ ।
वि.सं.२०८० फागुन १५ मंगलवार ०९:२९




















