YouTube Link

पहिलो क्वालिफायरमा आज पोखरा र धनगढी भिड्दै

Facebook Link

 

काठमाडौं: नेपाल सुपर लिग (एनएसएल)को पहिलो क्वालिफायरमा आज पोखरा थण्डर्स र धनगढी एफसीबीच प्रतिष्पर्धा । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अपराह्न ५:३० बजे हुनेछ ।

 

लिग चरणमा पहिलो स्थान हासिल गरेको पोखरा र दोस्रो स्थान हासिल गरेको धनगढी पहिलो क्वालिफायरमा भिड्न लागेका हुन् । दुवै टिम पहिलो क्वालिफायरमा जित निकाल्दै फाइनलमा स्थान सुरक्षित गर्न चाहन्छन् । धनगढी प्रतियोगिताको साविक उपविजेता हो भने पोखराले दोस्रो सिजनमा आएर प्लेअफमा स्थान बनाउन सफल भएको टिम हो ।

 

खेलमा जित निकाल्ने टिम फाइनलमा पुग्नेछ । पराजित हुने टिमले क्वालिफायरको दोस्रो मौका पाउनेछ । उसले इलिमिनेटर राउण्ड जितेर आउने काठमाडौं वा ललितपुरसँग खेल्नेछ । लिगको अन्तिम खेलमा धनगढीलाई बराबरीमा रोकेको पोखराले लिग चरणमा सर्वाधिक ४ जित निकालेको छ । लिग चरणको प्रदर्शनले पोखरालाई दोस्रो संस्करणको उपाधिको मुख्य दाबेदारको रूपमा अघि सारेको छ ।

 

पोखराका मोसेस टोम सर्वाधिक गोलकर्ताको दौडमा अघि छन् । उनले सर्वाधिक ५ गोल गरेका छन् । धनगढीविरुद्ध पछिल्लो खेलमा गोल गरेका उनीसँग धनगढी पक्कैपनि सतर्क रहनेछ । धनगढीका पछिल्ला केही खेल सुखद रहेनन् । प्रतियोगितामा शानदार सुरुवात गरेको धनगढीले पछिल्लो खेलमा पोखरासँग बराबरी मात्र खेलेन, त्यसअघि झापासँग २–० को हार व्यहोर्यो । झापासँग हार्नुअघि काठमाडौंसँग निराशपूर्ण बराबरीको नतिजा निकालेको थियो । पछिल्ला खेलमा लय गुमाएको धनगढीलाई पोखराविरुद्ध उत्रदै गर्दा सुरुवातमा देखिएको जितको भोकलाई फर्काउन आवश्यक छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

वि.सं.२०८३ भदौ २३ मंगलवार १०:१९

काठमाडौं: जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...