YouTube Link

आज महत्वपूर्ण दुई खेल हुँदै, पोखरा थन्डर्स र धनगढी एफसी तथा झापा एफसीले एफसी चितवनको सामना गर्दै

Facebook Link

काठमाडौं: नेपाल सुपर लिग अन्तर्गत आज दुई महत्त्वपूर्ण खेल हुँदैछ । अपरान्ह १ बजे हुने खेलमा पहिलो स्थानको पोखरा थन्डर्स र दोस्रो स्थानको धनगढी एफसी भिड्ने छन् भने दोस्रो खेलमा झापा एफसीले एफसी चितवनको सामना गर्ने छ ।

पोखराको ७ खेलमा १४ अंक रहेको छ र प्लेअफमा आफ्नो स्थान बनाइसकेको छ । पोखराको शीर्ष दुईमा रहने टुंगो नलागेको हुनाले पोखरालाई पनि आज जित्नै पर्ने दवाव रहेको छ । उता धनगढीले पनि आज जित हासिल गरेमा शीर्ष दुईमा आफ्नो स्थान पक्का गर्ने छ । यदि हार बेहोरेमा भने धनगढीको शीर्ष चारमा नरही प्लेअफ पुग्ने सम्भावना कम हुनेछ ।

आजै हुने दोस्रो खेलमा चितवन प्लेअफ जाने यात्राबाट बाहिरिसकेको छ भने झापाको भने प्लेअफ पुग्ने सम्भावना जितले सुनिश्चित गर्नेछ । चौथो स्थानमा रहेको झापाको ७ खेलमा १० अंक रहेको छ । पछिल्लो खेलमा धनगढी माथि जित हासिल गरेको झापाको मनोबल भने उच्च रहने छ ।

एनएसएलमा लिग तालिकाको शीर्ष २ टोलीले सिधै फाइनलमा छनोट हुने क्वालिफायर खेल खेल्नेछन् । क्वालिफायरमा पराजित हुने टोलीले भने लिगको तेस्रो र चौथो स्थान प्राप्त गर्ने टोलीको विजेतासँग अर्को क्वालिफायर खेल्न पाउनेछ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

वि.सं.२०८३ साउन ८ शुक्रवार ११:४४

आन्तरिक शान्ति-सुरक्षासँगै प्रमुख कार्यादेशमध्येको राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी बल,...

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...