YouTube Link

विश्वकप क्रिकेटमा आज उपाधिका लागि भारत र अष्ट्रेलिया भिड्दै, विजेता र उपविजेता टोलीले कति पाउँछन् रकम ?

Facebook Link

एजेन्सी: आईसीसी विश्वकप क्रिकेटको उपाधिका लागि आज घरेलु टोली भारत र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुँदैछ । नरेन्द्र मोदी स्टेडियम अहमदावादमा हुने फाइनल खेल दिउँसो २:१५ बजे सुरु हुनेछ ।

 

जारी विश्वकपमा उच्च लयमा रहेको भारत त्यसैलाई निरन्तरता दिन चाहन्छ भने लिग चरणमा भोगेको हारको बदला लिँदै अष्ट्रेलिया घरेलु टोलीलाई फाइनलमा उपाधि जित्न चाहन्छ । पाँच पटकको विजेता अष्ट्रेलियाले विश्वकप फाइनल खेल्न लागेको यो आठौं पटक हो । दुई पटक उपाधि जितिसकेको भारतका लागि यो चौंथो विश्वकप फाइनल हो ।

 

यी दुई टोलीबीच एक दिवसीय अन्तर्राष्ट्रियमा १५० खेल हुँदा अष्ट्रेलिया नै बलियो देखिन्छ । भारतले ५७ खेल जित्दा अष्ट्रेलियाले ८३ खेल जितेको छ भने बाँकी १० खेल नतिजाविहिन बनेका छन् । एक दिवसीय विश्वकपमा यी दुई टोली १३ पटक आमनेसामने भइसकेका छन् । जसमा अष्ट्रेलियाले ८ र भारतले ५ खेल जित्दा फाइनलमा यी दुईबीच भेट हुन लागेको यो दोस्रो पटक हो ।

 

यसअघि सन् २००३ मा दक्षिण अफ्रिकामा भएको फाइनलमा अष्ट्रेलियाले भारतलाई डिएल मेथडमा ४८ रनले हराएको थियो । पछिल्लो पटक यसै विश्वकपको लिग चरणमा भएको खेलमा भारतले अष्ट्रेलियालाई ६ विकेटले हरायो । यी दुईबीच भएका पछिल्ला पाँच खेलमा भारतले तीन खेल जित्दा दुई खेल गुमाएको छ ।

 

जारी प्रतियोगितामा भारतका लागि जुनैपनि खेलाडीले जितका लागि योगदान दिइरहेका छन् । जस्तो अवस्थामा पनि टोलीलाई खेलमा फर्काउन सक्षम खेलाडी भारतसँग छन् । यद्यपी विष्फोटक पाली खेलिरहेका विराट कोहली भारतका हेर्न लायक खेलाडी हुन् । यस विश्वकपमा उनले १० इनिङस् खेल्दा सर्वाधिक धेरै ७११ रन बनाइसकेका छन् । जसमा पाँच अर्धशतक र तीन शतक समावेश छ । विराटसँगै ब्याटिङमा कप्तान रोहित शर्मा, श्रेयेस अय्यर, केएल राहुल, शुभमन गिलको प्रदर्शन महत्वपूर्ण हुनेछ । बलिङमा मोहम्मद शामी भारतका लागि मुख्य हतियार फेरि एक पटक साबित हुन सक्छन् ।

 

सेमिफाइनलमा न्युजिल्याण्डविरुद्ध शान्दार जित निकाल्ने क्रममा शामी एक्लैले ७ विकेट लिएका थिए । उनले यस विश्वकपमा ६ खेल खेल्दा २१० रन खर्चिएर सर्वाधिक २३ विकेट लिएका छन् । त्यस्तै जसप्रित बुमराह, रवीन्द्र जडेजा, कुलदीप यादव, मोहम्मद सिराज बलिङमा प्रभाव पार्ने खेलाडी हुन् ।

 

ब्याटिङमा अष्ट्रेलियाका लागि भरपर्दा खेलाडी हुन्, डेबिड वार्नर । जारी प्रतियोगितामा १० खेलबाट वार्नरले ५२८ रन बनाएका छन् । उनीसँगै मिचेल मार्स र ग्लेन म्याक्सवेल पनि भरपर्दा ब्याटर अष्ट्रेलियाका लागि निर्णायक पाली खेल्न सक्ने खेलाडी हुन् ।

 

लिग चरणबाट सेमिफाइनल पुग्न निर्णायक जस्तै बनेको खेलमा म्याक्सवेल एक्लैले टोलीलाई जित दिलाए । छैटौं नम्बरमा ब्याटिङमा आएका उनले २०१ रनको कीर्तिमानी पाली खेलेका थिए । बलिङमा एडम जाम्पा अष्ट्रेलियाका प्रमुख हतियार हुन । १० इनिङमा २२ विकेट लिँदै उनी सर्वाधिक विकेट लिने खेलको सुचीमा दोस्रोमा छन् । उनीसँगै जोस हेजलवुड, मिचेल स्टार्क र कप्तान प्याट कमिन्स पनि बलिङमा प्रभाव पार्न सक्ने खेलाडी हुन् ।

 

विजेतालाई कति रकम ?

विश्वकप क्रिकेटको फाइनल  जित्ने टिमले विश्वकप ट्रफीका साथै मोटो रकम नगद पुरस्कार पाउने छ । यो पल्ट विश्वकप जित्ने टिमलाई ४० लाख अमेरिकी डलर अर्थात् ५३ करोड ३० लाख नेपाली रुपैयाँ बराबर नगद पुरस्कार पाउने छ ।

 

उपविजेता टिमले २० लाख डलर अर्थात २६ करोड ६५ लाख नेपाली रुपैयाँ बराबरको पुरस्कार पाउने छ । सेमिफाइनलमा पराजित भएका न्यूजिल्याण्ड र दक्षिण अफ्रिकाले समान ८/८ लाख डलर अर्थात् १० करोड ६६ लाख रुपैयाँ नगद पाउने छन् । समूह चरणबाटै घर फर्केका ६ टिमले भने १/१ लाख डलर १ करोड ३३ लाख नेपाली रुपैयाँ पाउने छन् । लिग चरणमा हरेक टिमले एक जितको ५३ लाख ३० हजार रुपैयाँ पाउने छन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
भारतीय सेनाप्रमुख धीरज सेठ नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने

भारतीय सेनाप्रमुख धीरज सेठ नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने

वि.सं.२०८३ साउन ३१ आइतवार ११:४१

काठमाडौं: नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतीय सेनाका प्रमुख...

अविरल वर्षाका कारण जाजारकोट पहिरामा परि दुई जनाको मृत्यु

अविरल वर्षाका कारण जाजारकोट पहिरामा परि दुई जनाको मृत्यु

वि.सं.२०८३ साउन ३१ आइतवार ११:१८

जाजरकोट: अविरल वर्षाका कारण जाजरकोटको भेरी नगरपालिकाका विभिन्न स्थानमा गएको...

५५ ब्रान्ड र ४० नयाँ मोडलको सवारी सधानको प्रदर्शनीसहित नाइमा एक्स्पो सुरू

५५ ब्रान्ड र ४० नयाँ मोडलको सवारी सधानको प्रदर्शनीसहित नाइमा एक्स्पो सुरू

वि.सं.२०८३ साउन २६ मंगलवार १०:४९

काठमाडौं: नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा...

‘तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन-२०२६’ का झलक फोटोमा

‘तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन-२०२६’ का झलक फोटोमा

वि.सं.२०८३ साउन २५ सोमवार १५:१९

तीन दिनसम्म चल्ने 'तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन-२०२६' मा विश्वभर...

राज्य र नागरिकबीचको दुरी मेटाउने सबैभन्दा ठूलो जिम्मेवारी मातृभाषाका पत्रकार साथीहरूको काँधमा छ: मन्त्री गौत्तम

राज्य र नागरिकबीचको दुरी मेटाउने सबैभन्दा ठूलो जिम्मेवारी मातृभाषाका पत्रकार साथीहरूको काँधमा छ: मन्त्री गौत्तम

वि.सं.२०८३ साउन २५ सोमवार १४:३२

काठमाडौं: कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौत्तमले लोकतन्त्रलाई...

चुनौती चिनेको नेपाल प्रहरी त्यसलाई जराबाटै चिरेर अपराधको पहाड बन्न नदिन शतर्क

चुनौती चिनेको नेपाल प्रहरी त्यसलाई जराबाटै चिरेर अपराधको पहाड बन्न नदिन शतर्क

वि.सं.२०८३ साउन २४ आइतवार १२:०१

तस्वीरमा नेपाल प्रहरीले आर्थिक वर्ष २०८२/०८३...