YouTube Link

नेपालले आज तान्जानियासँग खेल्दै

Facebook Link

काठमाडौं: चार देश सम्मिलित महिला टि-२० आई सिरिजमा नेपालले आज तान्जानियासँग खेल्दैछ । हङकङले आयोजना गरेको सिरिजमा घरेलु टोलीसँगै नेपाल, जापान र तान्जानिया छन् ।

नेपालले पहिलो पटक तान्जानियासँग खेल्दैछ । महिला टि-२० आईमा तान्जानिया १९औं र नेपाल २१औं स्थानमा छन् । दुवै टोली पहिलो पटक खेल्न लागेको हुन् । नेपालले यसै सिरिजबाट कप्तानी परिवर्तन गरेको छ । तान्जानियाविरुद्ध इन्दु बर्माले कप्तानी गर्नेछिन् ।

रुविना खेलाडीको रुपमा खेल्नेछिन् । नेपालकी प्रमुख तीव्र गतिकी बलर कविता कुँवर टोलीमा छैनन् । एपेन्डिक्सको शल्यक्रियाको कारण उनी नहुँदा नेपालले एक खेलाडीलाई डेब्यू दिनेछ । नेपालको टोलीमा तीव्र गतिका बलरमा पहिलो पटक सोनी पाख्रिन र सोमु विष्टले स्थान बनाएका छन् ।

नेपालका इन्दु बर्मा, सीता रानागमर र रुविना क्षेत्री प्रमुख हतियार हुन् । यी तीन खेलाडीको अलराउन्ड प्रदर्शन निकै महत्वपूर्ण हुनेछ । सिरिज हुँदा हार वा जितले भने खासै फरक पर्ने छैन । टिम निर्माण गर्ने यो सबैभन्दा राम्रो समय पनि हो ।

तान्जानियाले पछिल्लो समय राम्रो प्रदर्शन गर्दै आएको छ । यसै वर्ष केन्या, युएई, कतार लगायतका टोलीलाई हराइसकेको छ । विश्व क्रिकेटमा उदीयमान तान्जानिया नेपालविरुद्ध पनि जित निकाल्न चाहन्छ । फतुमा किबासु नेपाललाई घातक बन्न सक्छिन् । उनले ३६ महिला टि-२० आई खेलमा ३ शतक र ५ अर्धशतकसहित ११ सय ६० रन बनाएकी छिन् । कप्तान तथा ओपनर उनको प्रदर्शनले योगफल निर्धारण हुनसक्छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...