YouTube Link

सन् २०३० को विश्वकप स्पेन, पोर्चुगल र मोरक्कोले संयुक्त रुपमा आयोजना गर्ने

World Cup 2026
Facebook Link

 

एजेन्सीः सन् २०३० को विश्वकप फुटबल तीन महादेशले संयुक्त रुपमा आयोजना गर्ने भएका छन् । स्पेन, पोर्चुगल र मोरक्कोले संयुक्त रुपमा विश्वकपको आयोजना गर्नेछन् ।

 

फिफाले सन् २०३० को विश्वकप तीन महादेशका तीन देशमा आयोजना हुने औपचारिक रुपमा पक्का गरेको हो । विश्वकपका तीन उद्घाटन खेल उरुग्वे, अर्जेन्टिना र पाराग्वेमा हुनेछ । यस निर्णयलाई अर्को वर्ष हुने फिफा कांग्रेसले अनुमोदन गर्ने भएको छ ।

 

फिफाले एसियाली फुटबल महासंघ र ओशिनिया फुटबल महासंघको प्रस्तावमात्र सन् २०३४ को विश्वकपका लागि विचार गरिने पुष्टि गरेको छ । यस निर्णय पश्चात साउदी अरबले सन् २०३४ मा हुने प्रतियोगिताका लागि प्रस्ताव पेश गर्ने भएको छ ।

 

‘विभाजित विश्वमा फिफा र फुटबलले मात्र एकताबद्ध बनाउनेछ ।’ सन् २०३० को विश्वकपलाई लिएर फिफा अध्यक्ष जियानी इन्फान्टिनोले भने । उरुग्वेले सन् १९३० मा पहिलो पटक विश्वकपको आयोजना गरेको थियो । सन् २०३० मा अर्जेन्टिना र पाराग्वेले उद्घाटन खेल आयोजना गर्नेछन् । त्यसपछि ४८ टिमको प्रतियोगिता उत्तरी अफ्रिका र युरोपमा आयोजना गरिनेछ ।

 

सन् २०३० को प्रस्ताव स्विकृत भएको खण्डमा मोरक्को विश्वकप आयोजना गर्ने दोस्रो अफ्रिकी देश बन्नेछ । सन् २०१० मा साउथ अफ्रिकाले प्रतियोगिताको आयोजना गरेको थियो । स्पेन समेत सह–आयोजकको रुपमा जोडिएको छ । स्पेनिस फुटबल संघका अध्यक्ष लुईस रुबेल्सले चुम्बन काण्डपछि राजीनामा दिएपछि स्पेन विश्वकपको आयोजक देशको रुपमा जोडिएको हो ।

 

स्पेनले सन् १९८२ मा विश्वकपको आयोजना गरेको थियो । सोही विश्वकपमा इटालीले तेस्रो पटक विश्वकपको उपाधि उचालेको थियो । पोर्चुगलले अहिलेसम्म विश्वकप आयोजना गरेको छैन । तर सन् २००४ मा युरो कपको आयोजना गरेको थियो । पुरानो परम्परा अनुसार उरुग्वे, अर्जेन्टिना, पाराग्वे, स्पेन, पोर्चुगल र मोरक्को आयोजकको रुपमा विश्वकपमा सिधै छनोट हुनेछन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

वि.सं.२०८३ असार १४ आइतवार ११:२२

तस्वीरमा सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्याल...

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:२०

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज पनि सूचना टासेर स्थगित भएको छ...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...