YouTube Link

राष्ट्रिय महिला तथा पुरुष भलिबल टोलीका खेलाडीले पाए पहिलो पटक मासिक पारिश्रमिक

Facebook Link

 

काठमाडौं: राष्ट्रिय महिला तथा पुरुष भलिबल खेलाडीले इतिहासमै पहिलो पटक मासिक तलब पाएका छन् । नेपाल भलिबल संघले काठमाडौंमा एक पत्रकार सम्मेलन गर्दै खेलाडीले मासिक तलब पाउने जानकारी दिएको छ ।

 

वर्तमान राष्ट्रिय टोलीमा भएका समान १२ जना महिला र पुरुष खेलाडीले मासिक पाँच हजारका दरले तलब पाएका छन् । अमेरिकामा रहेका पूर्व राष्ट्रिय खेलाडी राम श्रेष्ठको समन्यमा राष्ट्रिय खेलाडी र बिजनेश इन्टरप्रेनियरको सहयोगमा उक्त मासिक तलब दिने भएको हो ।

 

सेप्टेम्बर, अक्टोबर र नोभेम्बरको तबल संघको खातामा आई सकेको जानकारी दिएको छ । सबै खेलाडीलाई तीन महिनाको तलब कुल १५ हजार आज नै संघले प्रदान गरेको छ ।  नेपालको महिला र पुरुष भलिबल टोलीले आगमी महिना चीनमा हुने १९ औं एसियाली खेलकुद खेल्दैछन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को पहलमा पहिलो पटक १९ औं एसियाली खेलकुद खेल्न लागेको हो ।

 

नेपालको एसियाली खेलकुद खेल्ने पुरुष भलिबल टोलीः

मानबहादुर श्रेष्ठ (कप्तान), रविन चन्द, विशाल विक, टेकराज अवस्थी, धिरज काजी बस्नेत, हेमन्त मल्ल, लोकेन्द्र गिरि, सम्राट भण्डारी, विनोद चन्द, दुर्गाबहादुर खड्का, सफल विक, मनिष मानन्धर

 

नेपालको एसियाली खेलकुद खेल्ने महिला भलिबल टोली :

अरुणा शाही (कप्तान), सरस्वती चौधरी, प्रतिभा माली, सलिना श्रेष्ठ, सफिया पुन, पुनम चन्द, उषा भण्डारी, कामना विष्ट, कविता भट्ट, जानकी भण्डारी, संगम महतो, निरुता ठगुन्ना

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

वि.सं.२०८३ साउन ८ शुक्रवार ११:४४

आन्तरिक शान्ति-सुरक्षासँगै प्रमुख कार्यादेशमध्येको राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी बल,...

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...

हेर्नुहोस् आज २०८३ साउन ७ गते बिहीबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८३ साउन ७ गते बिहीबार तपाईको राशिफल

वि.सं.२०८३ साउन ७ बिहीवार ०७:२९

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

गत आर्थिक वर्षमा अन्नपूर्ण क्षेत्रमा १६९ देशका पर्यटकले गरे भ्रमण

गत आर्थिक वर्षमा अन्नपूर्ण क्षेत्रमा १६९ देशका पर्यटकले गरे भ्रमण

वि.सं.२०८३ साउन ५ मंगलवार १२:०६

गण्डकी: गत आर्थिक वर्षमा १६९ देशका पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रमा...