नेपालले आज आयोजक राष्ट्र मलेसियासँग खेल्दै
वि.सं.२०८० भदौ ८ शुक्रवार ०६:२१
2.2K
shares
काठमाडौ: चार देशको महिला टी-ट्वेन्टी क्रिकेट सिरिजमा आज नेपालले आयोजक मलेसियासँग खेल्दैछ । यी दुई देशबीचको खेल नेपाली समय अनुसार पौने १२ बजे सुरु हुनेछ ।
नेपाल अहिलेसम्म लगातार दुई खेलमा जित हासिल गरेर अंक तालिकामा शिर्ष स्थानमा छ । नेपालले आफ्नो पहिलो खेलमा हङकङ टिमलाई ६ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा कुवेतलाई ३४ रनले पराजित गरेको थियो ।
त्यसैगरी मलेसियाले आफ्नो पहिलो खेलमा कुवेतलाई ८ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा हङकङसँग १० विकेटले पराजित भएको थियो । आज नेपालले मलेसियाको सामना गर्नु अघि आज नै अर्को खेलमा हङकङ र कुवेतबीच खेल हुदैछ ।
कुवेतले दुवै खेलमा हार व्यहोरेकोले फाइनलको दौडबाट बाहिरिएको छ । नेपाल अहिले २ खेल जितेर ४ अंकसहित शिर्ष स्थानमा छ भने हङकङ र मलेसिया २-२ अंकसहित दोस्रो र तेस्रो स्थानमा रहेका छन् । शीर्ष स्थानमा रहने टोलीले फाइनल खेल्ने छन् भने दुई टोलीले तेस्रो स्थानको लागि खेल्ने छन् ।
वि.सं.२०८० भदौ ८ शुक्रवार ०६:२१




















