YouTube Link

पूर्व कप्तान ज्ञानेन्द्र मल्लले लिए नेपाली क्रिकेटबाट सन्यास

Facebook Link

 

काठमाडौं: नेपाली क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले काठमाडौंमा एक पत्रकार सम्मेलन गर्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषण गरेका छन् ।

 

ज्ञानेन्द्रले आजको दिन देखिनै लागू हुने गरि सन्न्यास लिएका छन् । ज्ञानेन्द्रले सबै क्रिकेट करिअरबाट सन्यास लिएका छन् । घरेलु क्रिकेट पनि नखेल्ने जनाएका छन् ।

 

सन् २००६ देखि नेपाली क्रिकेट टोलीबाट खेल्दै आएका ज्ञानेन्द्रको लागि अन्तिम खेल २०२३ जुलाई ४ मा आयरल्यान्डविरुद्ध खेले । नेपाली क्रिकेट इतिहासका एक सफल टेक्निकल ब्याटर ज्ञानेन्द्रले नेपालबाट ३७ ओडिआईमा ७ अर्धशतकसहित ८७६ रन बनाएका छन् ।

 

उनले २०१८ मा नेदरल्यान्ड्सविरुद्ध ऐतिहासिक ओडआई खेलमा डेब्यू गर्दै ५१ रन बनाएका थिए । ओडिआईमा ज्ञानेन्द्र अर्धशतक प्रहार गर्ने पहिलो नेपाली ब्याटर हुन् । ज्ञानेन्द्रले ४५ टि-२० आईमा नेपालबाट १ शतक र २ अर्धशतकसहित कुल ८८३ रन बनाएका थिए ।

 

 

नेपालबाट टि-२० आईमा सर्वाधिक छिटो अर्धशतक प्रहार गर्ने खेलाडी हुन् । उनले २० बलमै २०१९ मा मलेसियाविरुद्ध अर्धशतक प्रहार गरेका थिए । उनी अघि बिनोद भन्डारीले २५ बलमा अर्धशतक पूरा गरेका थिए । उनले १३ औं सागमा २०१९ मा भुटानविरुद्ध १०७ रनको शतकीय इनिङ खेलेका थिए ।

 

ज्ञानेन्द्र पछिल्लो समय टोलीमा कम मौका पाउँदै आएका थिए । गत फागुनमा उनको स्थानमा भीम सार्कीले राम्रो प्रदर्शन गरेपछि टोलीमा कम अवसर पाएका थिए । लगातार कमजोर प्रदर्शनपछि ज्ञानेन्द्रले सन्न्यास लिने निर्णय लिएका हुन् ।

 

पूर्वकप्तान पारस खड्काले सन्न्यास लिएको दुई वर्ष अर्कोदिन ज्ञानेन्द्रले पनि नेपाली क्रिकेट टोलीबाट विश्राम लिने निर्णय लिएका हुन् । पारसले कप्तानी छाडेपछि ज्ञानेन्द्रले २०१९ देखि २०२१ सम्म नेपाली क्रिकेट टोलीको नेतृत्व गरेका थिए ।

 

 

ज्ञानेन्द्रले १२ टि-२० आईमा कप्तानी गर्दा ९ मा जित र ३ खेलमा हार ब्यहोर्न पुगेका थिए । १० ओडिआई खेलमा कप्तानी गर्दा ६ मा जित र ४ मा हार थियो । ज्ञानेन्द्रले सन् २०१२ मा एसिसी ट्रफी इलिटमा साउदी अरेवियाविरुद्ध एकै ओभरमा लगातार ६ चौका प्रहार गरेका थिए ।

 

२०१४ को डिभिजन थ्रीमा उनले सिंगापुरविरुद्ध १ सय १४ रनको शतकीय इनिङ खेलेका थिए । २०१९ को १३ औं सागमा ज्ञानेन्द्र प्रतियोगिता उत्कृष्ट ब्याटर चुनिएका थिए । नेपालले डिभिजन फाइभदेखी थ्री, २०१४ मा टि२० विश्वकप खेल्दा र २०१८ मा ओडिआई मान्यता पाउँदा ज्ञानेन्द्र टोलीका महत्वपूर्ण सदस्य थिए ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

वि.सं.२०८३ भदौ २३ मंगलवार १०:१९

काठमाडौं: जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...