YouTube Link

पूर्व कप्तान ज्ञानेन्द्र मल्लले लिए नेपाली क्रिकेटबाट सन्यास

Facebook Link

 

काठमाडौं: नेपाली क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले काठमाडौंमा एक पत्रकार सम्मेलन गर्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषण गरेका छन् ।

 

ज्ञानेन्द्रले आजको दिन देखिनै लागू हुने गरि सन्न्यास लिएका छन् । ज्ञानेन्द्रले सबै क्रिकेट करिअरबाट सन्यास लिएका छन् । घरेलु क्रिकेट पनि नखेल्ने जनाएका छन् ।

 

सन् २००६ देखि नेपाली क्रिकेट टोलीबाट खेल्दै आएका ज्ञानेन्द्रको लागि अन्तिम खेल २०२३ जुलाई ४ मा आयरल्यान्डविरुद्ध खेले । नेपाली क्रिकेट इतिहासका एक सफल टेक्निकल ब्याटर ज्ञानेन्द्रले नेपालबाट ३७ ओडिआईमा ७ अर्धशतकसहित ८७६ रन बनाएका छन् ।

 

उनले २०१८ मा नेदरल्यान्ड्सविरुद्ध ऐतिहासिक ओडआई खेलमा डेब्यू गर्दै ५१ रन बनाएका थिए । ओडिआईमा ज्ञानेन्द्र अर्धशतक प्रहार गर्ने पहिलो नेपाली ब्याटर हुन् । ज्ञानेन्द्रले ४५ टि-२० आईमा नेपालबाट १ शतक र २ अर्धशतकसहित कुल ८८३ रन बनाएका थिए ।

 

 

नेपालबाट टि-२० आईमा सर्वाधिक छिटो अर्धशतक प्रहार गर्ने खेलाडी हुन् । उनले २० बलमै २०१९ मा मलेसियाविरुद्ध अर्धशतक प्रहार गरेका थिए । उनी अघि बिनोद भन्डारीले २५ बलमा अर्धशतक पूरा गरेका थिए । उनले १३ औं सागमा २०१९ मा भुटानविरुद्ध १०७ रनको शतकीय इनिङ खेलेका थिए ।

 

ज्ञानेन्द्र पछिल्लो समय टोलीमा कम मौका पाउँदै आएका थिए । गत फागुनमा उनको स्थानमा भीम सार्कीले राम्रो प्रदर्शन गरेपछि टोलीमा कम अवसर पाएका थिए । लगातार कमजोर प्रदर्शनपछि ज्ञानेन्द्रले सन्न्यास लिने निर्णय लिएका हुन् ।

 

पूर्वकप्तान पारस खड्काले सन्न्यास लिएको दुई वर्ष अर्कोदिन ज्ञानेन्द्रले पनि नेपाली क्रिकेट टोलीबाट विश्राम लिने निर्णय लिएका हुन् । पारसले कप्तानी छाडेपछि ज्ञानेन्द्रले २०१९ देखि २०२१ सम्म नेपाली क्रिकेट टोलीको नेतृत्व गरेका थिए ।

 

 

ज्ञानेन्द्रले १२ टि-२० आईमा कप्तानी गर्दा ९ मा जित र ३ खेलमा हार ब्यहोर्न पुगेका थिए । १० ओडिआई खेलमा कप्तानी गर्दा ६ मा जित र ४ मा हार थियो । ज्ञानेन्द्रले सन् २०१२ मा एसिसी ट्रफी इलिटमा साउदी अरेवियाविरुद्ध एकै ओभरमा लगातार ६ चौका प्रहार गरेका थिए ।

 

२०१४ को डिभिजन थ्रीमा उनले सिंगापुरविरुद्ध १ सय १४ रनको शतकीय इनिङ खेलेका थिए । २०१९ को १३ औं सागमा ज्ञानेन्द्र प्रतियोगिता उत्कृष्ट ब्याटर चुनिएका थिए । नेपालले डिभिजन फाइभदेखी थ्री, २०१४ मा टि२० विश्वकप खेल्दा र २०१८ मा ओडिआई मान्यता पाउँदा ज्ञानेन्द्र टोलीका महत्वपूर्ण सदस्य थिए ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...