YouTube Link

फिफा महिला विश्वकपमा जर्मनी समूह चरणबाटै बाहिरियो

World Cup 2026
Facebook Link

 

एजेन्सीः उपाधि दावेदार तथा दुई पल्टको च्याम्पियन जर्मनी फिफा महिला विश्वकप फुटबलको समूह चरणबाटै बाहिरिएको छ ।

 

समूह चरणको अन्तिम खेलमा दक्षिण कोरियासँग बराबरीमा रोकिएपछि तथा अर्को खेलमा कोलम्वियाले हार बेहोरेपछि जर्मनी समूह चरणबाटै बाहिरिएको हो ।

 

दुई पल्टको च्याम्पियन जर्मनी फिफा महिला विश्वकपको इतिहासमा पहिलोपटक समूह चरणबाटै बाहिरिएको हो । यसअघिको सबै आठ संस्करणमा जर्मनीले नकआउट चरणको यात्रा तय गरेको थियो ।

 

एक गोलले पछि परेको जर्मनीले दक्षिण कोरियासँग १–१ गोलको बराबरी खेलेको हो । दक्षिण कोरियाकी सो ह्युन चोले गोल गर्दा जर्मनीकी एलेसान्द्रा पोपले बराबरी गोल फर्काइन् ।

 

 

ब्रिसवन स्टेडियम ब्रिसवन अष्ट्रेलियामा बिहीबार भएको खेलको सुरुमै जर्मनी खेलमा पछि पर्यो । छैटौं मिनेटमा सो ह्युन चोले गोल गर्दै दक्षिण कोरियालाई १–० को अग्रता दिलाइन् । उनले योङ जु लीको पासमा गोल गर्न सफल भएकी थिइन् ।

 

जर्मनीले लगातार दवाव सिर्जना गर्दै खेलको ४२औं मिनेटमा बराबरी गोल फर्काउन सफल भयो । एलेसान्द्रा पोपले एसभेन्जा हुथको पासमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याइन् । दोस्रो हाफमा पनि जर्मनीले लगातार दवाव बढाएपनि दक्षिण कोरियाको बलियो रक्षापङ्ति तोड्न नसक्दा खेल बराबरीमा सकियो ।

 

 

बराबरीसँगै जर्मनी समूह ‘एच’ मा तीन खेलबाट ४ अंक जोडेर तेस्रो स्थानमा रह्यो । जर्मनीलाई रोकेको दक्षिण कोरियाले १ अंक बटुल्यो । यो समूहबाट कोलम्विया समूह विजेता र मोरोक्को उपविजेता बनेर प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ । दुवै टोलीले समान ६ अंक बटुलेपनि गोल अन्तरमा कोलम्विया शीर्षस्थानमा रह्यो ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:२०

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज पनि सूचना टासेर स्थगित भएको छ...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...