नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आज बंगलादेशसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्दै
वि.सं.२०८० असार ३१ आइतवार ०८:४०
2.8K
shares
काठमाडौं: नेपाली राष्ट्रिय महिला फुटबल टिमले आज बंगलादेशसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ । यी दुईबीचको खेल ढाकास्थित नेपाली समय अनुसार साँझ सवा ५ बजे सुरु हुनेछ ।
यसअघि नेपाल र घरेलु टोलीबीचको पहिलो खेल १–१ गोलको बराबरीमा सकिएको थियो । नेपालविरुद्ध खेलको ६८औँ मिनेटमा सविना खातुनले गोल गरेकी थिइन् । हार नजिक पुगेको नेपाललाई इन्जुरी समयमा सावित्रा भन्डारीले गोल गर्दै बचाएकी थिइन् ।
गत वर्षको भदौमा दशरथ रंगशालामा भएको साफ च्याम्पियनसिपको फाइनलमा बंगलादेशसँगै नेपाल पराजित भएको थियो । त्यसपछि नेपाल र बंगलादेश पहिलो पटक आमनेसामने भएका हुन् ।
चीनमा आगामी असोजको पहिलो साता हुने एसियाली खेलकुदको तयारीका लागि महिला टिमले बंगलादेको भ्रमण गरेको हो । नेपाली राष्ट्रिय महिला फुटबल टिमले पहिलो पटक एसियाड खेल्दैछ ।
वि.सं.२०८० असार ३१ आइतवार ०८:४०



















