YouTube Link

‘गोर्खा वारिअर’ प्रिमियरका लागि निर्देशक मिलन चाम्स बेलायतमा

World Cup 2026
Facebook Link

 

काठमाडौं: नेपाली कथानक चलचित्र ‘गोर्खा वारिअर’को प्रिमियरका लागि निर्माता तथा निर्देशक मिलन चाम्स हालै बेलायत पुगेका छन् ।

 

सेप्टेम्बर १० तारिक लन्डनमा हुन लागेको उक्त चलचित्रको प्रिमियरका लागि निर्देशक चाम्स लन्डन पुगेका हुन् । निर्देशक चाम्सलाई अनुग्रह ज्वेलर्स यूकेका प्रोपाइटर समेत रहेका र चलचित्र निर्माता सुमन राई, बेलायतका लागि मिडिया कोअर्डिनेटर न्यू होराइजन क्रियसनका आकाश सुनुवार, सन्तोषकुमार सुवेदी, रितेश चाम्स, सूर्य नेम्वाङ, भिम तामाङ लगायतले स्वागत गरेका थिए ।

 

 

सिनेमाको रेडकार्पेट प्रिमियर शो आइम्याक्स सिने वर्ल्ड लेस्टर स्क्वायरमा हुने बताइएको छ । निर्माता तथा निर्देशक चाम्सले वीर पूर्खाहरुलाई हेर्ने ऐतिहासिक दिन (प्रिमियर)लाई भब्य सफल बनाउन सबैमा अपिल पनि गरेका छन् । प्रिमियरमा धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङ, विजय लामासहित फिल्मका कलाकारहरु पनि लन्डन पुग्ने बताईएको छ ।

 

युद्धको कथामा बनेको ‘गोर्खा वारिअर’ मा सन् १९४९ मा मलाया जङ्गलमा बेलायती सेनामा आबद्ध गोर्खा सैनिकले लडेको लडाइँको कथा छ । नेपाली, अङ्ग्रेजी र हिन्दी भाषामा प्रदर्शन गर्ने तयारी रहेको चलचित्रमा रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, बिरूप घले, सारा राईलगायतका कलाकारले अभिनय गरेका छन् ।

 

चलचित्रमा निर्देशक चाम्स र गिरिराज घिमिरेको लेखन, मिलन श्रेष्ठको सम्पादन, सुदीप बरालको डिओपी, हिमाल केसीको द्वन्द्व निर्देशन रहेको छ ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नेपालले भुटानसँग खेल्दै प्रतियोगिता सुरु गर्दै

नेपालले भुटानसँग खेल्दै प्रतियोगिता सुरु गर्दै

वि.सं.२०८३ जेठ ११ सोमवार ०९:४०

काठमाडौं:  साफ महिला च्याम्पियनसिप २०२६ को उद्घाटन खेलमा आज नेपालले...

सरकारका कार्ययोजना सफल बनाउन ‘स्मार्ट पुलिसिङ’ को रणनीति, तर साधन-स्रोतको अपर्याप्तता

सरकारका कार्ययोजना सफल बनाउन ‘स्मार्ट पुलिसिङ’ को रणनीति, तर साधन-स्रोतको अपर्याप्तता

वि.सं.२०८३ जेठ ६ बुधवार १२:२६

नेपाल प्रहरीको रणनीतिक योजना २०८३-२०८५ सार्वजनिक...

प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् कार्यसूची

प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् कार्यसूची

वि.सं.२०८३ जेठ ६ बुधवार ०९:१३

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज बस्दैछ । संघीय संसद् सचिवालयका अनुसार...

हेर्नुहोस् आज २०८३ जेठ ६ गते बुधबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८३ जेठ ६ गते बुधबार तपाईको राशिफल

वि.सं.२०८३ जेठ ६ बुधवार ०७:२२

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

पर्यटन मन्त्रालयका ४६ वटा माइलस्टोनका कार्यक्रम सम्पन्न, १४ वटा अझै बाँकी

पर्यटन मन्त्रालयका ४६ वटा माइलस्टोनका कार्यक्रम सम्पन्न, १४ वटा अझै बाँकी

वि.सं.२०८३ जेठ ५ मंगलवार ०९:१८

काठमाडौं: संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आर्थिक वर्ष २०८१/८२...

नेपाल दूरसञ्चार प्राधिकरणले १७ वटा इन्टरनेट कम्पनीको लाइसेन्स खारेज गर्दै

नेपाल दूरसञ्चार प्राधिकरणले १७ वटा इन्टरनेट कम्पनीको लाइसेन्स खारेज गर्दै

वि.सं.२०८३ जेठ ५ मंगलवार ०९:०३

काठमाडौं: नेपाल दूरसञ्चार प्राधिकरणले १७ वटा इन्टरनेट (इमेलसहित) सेवा प्रदायक...