उपाधिका लागि भारत र कुवेतबीच प्रतिष्पर्धा हुँदै
वि.सं.२०८० असार १९ मंगलवार ११:०१
2K
shares
काठमाडौं: भारतमा जारी १४औं संस्करणको साफ च्याम्पियनसिपको उपाधिका लागि आज आयोजक भारत र कुवेतबीच प्रतिष्पर्धा हुँदैछ ।
घरेलु मैदान र समर्थकको साथ पाएको भारतले कीर्तिमानी नवौं पटकको उपाधि जित्ने दाउमा छ । खेल बैंग्लोरमा राति पौने आठ बजे सुरु हुनेछ ।
सेमिफाइनलमा भारतले अर्को आमन्त्रित टिम लेबनानलाई टाइब्रेकरमा ४–२ ले हराएको थियो । कुवेतले भने बंगलादेशलाई अतिरिक्त समयको खेलपछि १–० ले पराजित गरेको थियो ।
दक्षिण एसियाकै प्रभावशाली स्ट्राइकर सुनिल क्षेत्रीको कप्तानीमा रहेको यो टोली घरेलु मैदानमै अर्को ठूलो इतिहास बनाउने लक्ष्यमा छ । कुवेत पनि साफ च्याम्पियनसिपको पहिलो सहभागितामा नै उपाधि उचाल्ने लक्ष्यमा छ ।
भारतले आफ्नो पहिलो खेलमा पाकिस्तानलाई ४-० गोलले हराउँदै शानदार सुरुवात गरेको थियो । दोस्रो खेलमा नेपालविरुद्ध २-० गोलले विजयी भारत तेस्रो खेलमा कुवेतसँग १-१ गोलको बराबरीमा रोकियो । एउटै समूहमा रहेका भारत र कुवेत पहिलो पटक साफको फाइनल खेल्न लागेका हुन् । आमन्त्रित टोली कुवेत पनि पहिलो पटकमै उपाधि जित्ने दाउमा छ ।
साफ च्याम्पियनसिपमा एकछत्र राज गरेको भारतले १३ पटक फाइनलमा स्थान बनाउँदा पाँच पटकमात्रै विपक्षीलाई नतिजा सुम्पेको छ ।
वि.सं.२०८० असार १९ मंगलवार ११:०१



















