फाइनल प्रवेशका लागि आज नेपाल र सिंगापुरसँग भिड्दै
वि.सं.२०८० असार १८ सोमवार ०७:५८
1.4K
shares
काठमाडौं: मलेसियामा जारी एसीसी अन्डर सिक्सटिन इस्ट जोन कपको पहिलो सेमिफाइनलमा नेपाल र सिंगापुरसँग भिड्दै छन् ।
बायोमास ओभल क्रिकेट मैदानमा नेपाल र सिंगापुरबीचको खेल नेपाली समयानुसार बिहान सवा ७ बजे सुरु हुनेछ ।
नेपाल समूह ‘ए’को विजेता र सिंगापुर समूह ‘बी’को उपविजेताका रुपमा सेमिफाइनलमा पुगेका हुन् । नेपालले समूह चरणमा थाइल्यान्डलाई २२५ रन र मलेसियालाई ८४ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।
सिंगापुरले भने इन्डोनेसियालाई १०४ र माल्दिभ्सलाई २४५ रनले पराजित गरेको थियो । सिंगापुर हङकङसँग भने ७ विकेटले पराजित भएको थियो ।
आजै हुने अर्को सेमिफाइनलमा हङकङ र मलेसियाबीच प्रतिष्पर्धा हुनेछ । फाइनल खेल मंगलबार हुनेछ । नेपाल आजको खेलमा हारे तेस्रो स्थानका लागि मंगलबार प्रतिस्पर्धा गर्नेछ ।
वि.सं.२०८० असार १८ सोमवार ०७:५८



















