YouTube Link

उरुग्वेले जित्यो यू-२० विश्वकपको उपाधि

Facebook Link

 

एजेन्सी: दक्षिण अमेरिकी राष्ट्र उरुग्वेले यू-२० विश्वकपको उपाधि जितेको छ । इटालीमाथि १-० को जित निकाल्दै उरुग्वेको युवा टोली यू-२० विश्वकपको उपाधि जित्न सफल भएको हो ।

 

अर्जेन्टिनमा आइतबार राति भएको खेलमा उरुग्वेलाई जिताउन खेलको अन्त्यतिर ८६औं मिनेटमा लुसियानो रोड्रिग्वेजले गरेको गोल नै जितका लागि निर्णायक बन्यो ।

 

निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको खेलमा दुवै टोलीले गोलका केही सुवर्ण अवसर सिर्जना गरेपनि सदुपयोग गर्न नसक्दा खेलको अन्त्यतिर लुसियानोको गोल नै उरुग्वेलाई जितका लागि पर्याप्त रह्यो ।

 

तीनपटक फाइनल खेल्दा उरुग्वे पहिलो पटक उपाधि जित्न सफल भएको हो । यसअघि उरुग्वे १९९७ र २०१३ मा उपविजेता बनेको थियो । उरुग्वे १९९७ मा अर्जेन्टिना र २०१३ मा फ्रान्ससँग फाइनलमा पराजित भएको थियो । दक्षिण कोरियालाई ३–१ ले पराजित गर्दै इजरायल तेस्रो भएको छ ।

 

इटालीका सिसर कासाडेइ विश्वकपको सर्वाधिक गोलकर्ता भए । उनले कुल ७ गोल गर्न सफल भएका थिए । २० मेबाट सुरु भएको विश्वकपमा ६ महादेशका २४ राष्ट्रको सहभागिता रहेको थियो । सहभागी राष्ट्रलाई ६ समूहमा विभाजन गरी अर्जेन्टिनाको चार शहरमा खेलाइएको थियो ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...