YouTube Link

मलेसियालाई हराउँदै नेपालले जिल्यो महिला टी-ट्वान्टीको सिरिज

Nepali Sena Suvakamana Dashain
Facebook Link

काठमाडौं: मलेसियालाई ३ विकेटले हराउँदै नेपालले पाँच खेलको टी-ट्वान्टी महिला सिरिजमा जित हात पारेको छ । नेपालले पाँच खेलको सिरिज ३-२ ले जितेको हो ।

घरेलु टोली मलेसियाले दिएको ११० रनको लक्ष्य नेपालले १९ दशमलब २ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि सीता रानामगरले ३७ बलमा ६ चौकाको सहयोगमा सर्वाधिक ३४ रन बनाईन् ।

नेपालले पहिलो ओभरमा ओपनर कविता कुँबरलाई व्यक्तिगत ४ रनमा गुमाएको थियो । दोस्रो विकेटका लागि सीता रानामगर र ईन्दु बर्माले १५ रनको साझेदारी गरेका थिए । बर्माले ९ बलमा ५ रन बनाएकी थिइन् ।

सीता र कप्तान रुबिना क्षेत्रीले २६ रनको साझेदारी गर्दै टोलीलाई बलियो स्थितिमा पुर्याएका थिए । कप्तान रुबिनाले ३० बलमा ३ चौकाको सहयोगमा २३ रन बनाईन् । अप्सरी बेगम १५ रनमा अविजित रहँदा  ज्योती पान्डे ११ रनमा अविजित रहिन् । मलेसियाका लागि हमिजा हसिमले २ विकेट लिईन् ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १०९ रन बनायो । घरेलु टोलीका लागि वान जुलियाले ६० बलमा सर्वाधिक ४७ रन बनाईन् । विनिफ्रेड दुराईसिंघमले २५ बलमा २४ तथा महिराह इज्जाती इस्माइलले ३१ बलमा २० रन बनाईन् ।

नेपालका लागि कविता जोशीले २ तथा ईश्वरी बिष्टले १ विकेट लिईन् । पहिलो खेलमा ५ विकेटले पराजित नेपालले दोस्रो खेलमा ७ विकेटको जित दर्ता गरेको थियो । तेस्रो खेलमा नेपालले २७ रनको जित दर्ता गर्दा चौथो खेल मलेसियाले ६ विकेटले जितेको थियो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:४५

दशै नेपालीहरुको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । यसले असत्यमाथि...

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:०९

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित...

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

वि.सं.२०८३ असोज २७ मंगलवार १७:३१

काठमाडौं: नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको चुनावमा...

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

वि.सं.२०८३ असोज २७ मंगलवार १५:५८

ओखलढुंगा: ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर ७ रावादोलुमा दुई दिने...

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

वि.सं.२०८३ असोज २७ मंगलवार १२:१८

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य खगेन्द्र...