YouTube Link

सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज चार खेलहरु हुँदै

Facebook Link

 

काठमाडौं: सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको ११औं चरण अन्तर्गत आज चार  खेलहरु हुँदैछन् । जसमा दुई खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । त्यस्तै एक खेल च्यासल र एक खेल एन्फा कम्प्लेक्समा हुनेछ ।

 

दशरथ रंगशालामा हुने पहिलो खेलमा न्युरोड टिम एनआरटी र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ । यी दुईबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

 

एनआरटी आठौं जित निकाल्ने योजनामा छ । एनआरटी २३ खेलमा २९ अंक जोडेर १०औं स्थानमा छ । हिमालयन पनि आठौं जित निकाल्ने योजनामा छ । हिमालयन २३ खेलमा ३० अंक जोडेर आठौं स्थानमा छ ।

 

रंगशालामा हुने दोस्रो खेलमा फ्रेन्ड्स क्लब र मनाङ मर्स्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुनेछ । यी दुईबीचको खेल साँझ ६ बजे हुनेछ । फ्रेन्ड्स सातौं जित निकाल्ने योजनामा छ । फ्रेन्ड्स २३ खेलमा २५ अंक जोडेर १३औं स्थानमा छ । मनाङ आठौं जितको खोजीमा हुनेछ । मनाङ २३ खेलमा ३१ अंक जोडेर छैटौं स्थानमा छ ।

 

यस्तै च्यासलमा नेपाल पुलिस क्लब र मछिन्द्र क्लबबीच प्रतिस्पर्धा हुनेछ । यी दुईबीचको खेल दिउँसो ३ बजे हुनेछ । पुलिस ११औं जितको योजनामा हुनेछ । पुलिस २३ खेलमा ३४ अंक जोडेर चौंथो स्थानमा छ । मछिन्द्र पनि ११ औं जितको खोजीमा हुनेछ । मछिन्द्र २३ खेलमा ३९ अंक जोडेर दोस्रो स्थानमा छ ।

 

एन्फा कम्प्लेक्समा एफसी खुमलटार र संकटा क्लबबीच खेल हुनेछ । यी दुईबीचको खेल दिउँसो ३ बजे हुनेछ । खुमलटार आठौं जित निकाल्न चाहन्छ । खुमलटार २३ खेलमा २४ अंक जोडेर पुछारमा छ । संकटा सातौं जित निकाल्ने योजनामा छ । संकटा २३ खेलमा २७ अंक जोडेर १२ औं स्थानमा छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

वि.सं.२०८३ भदौ १० बुधवार १६:५७

काठमाडौं: रसुवा बाढीमा परि २९१ विदेशी नागरिकसहित ३८४ जना यात्रु...

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

वि.सं.२०८३ भदौ १० बुधवार १६:३१

काठमाडौं: सरकारले बाढीबाट प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद्...

भन्सार प्रमुखसहित २६ जना सम्पर्कमा, १४ कर्मचारीको खोजी जारी

भन्सार प्रमुखसहित २६ जना सम्पर्कमा, १४ कर्मचारीको खोजी जारी

वि.सं.२०८३ भदौ १० बुधवार १६:१४

काठमाडौं: रसुवामा आएको भीषण बाढीपछि रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार...

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

वि.सं.२०८३ भदौ ९ मंगलवार १४:४८

काठमाडौं: अटोमोबाइल प्रदर्शनीको १८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि...

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

वि.सं.२०८३ भदौ ७ आइतवार १२:०३

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले विपद्को समयमा आदेशको प्रतिक्षा गरेर...

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:४७

काठमाडौं: प्रधामन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन् ।...