YouTube Link

पीएनजीविरुद्ध आसिफको शानदार शतक, एकदिवसीय क्रिकेटमा १००० रन पूरा गर्ने बने दोस्रो नेपाली खेलाडी

Facebook Link

काठमाडौं: आईसीसी विश्वकप लिग-२ अन्तर्गत पपुआन्यूगिनी (पीएनजी) विरुद्धको जारी खेलमा नेपाली टिमका ब्याटर आसिफ शेखले शतक बनाएका छन् ।

उनले १०१ बलमा शतक बनाएसँगै आसिफ नेपालको लागि एकदिवसीय क्रिकेटमा शतक बनाउने पाँचौं खेलाडी बनेका छन् ।

यसअघि नेपालको लागि पूर्वकप्तान पारस खड्का, अहिलेका कप्तान रोहित पौडेल, कुशल भुर्तेल र दिपेन्द्र सिंह ऐरीले शतक बनाइसकेका छन् ।

आजकै खेलमा आसिफले आफ्नो एकदिवसीय करिअरको १००० रन पनि पूरा गरे । यससँगै उनी एकदिवसीय क्रिकेटमा १००० रन पूरा गर्ने दोस्रो नेपाली खेलाडी बनेका छन् ।

उनीभन्दा अगाडि केही दिन पहिले मात्र कप्तान रोहित पौडेलले यही सिरिजको खेलमा किर्तिपुर मैदानमै नामिबियाविरुद्ध १००० रन पूरा गरेका थिए ।

यी २ खेलाडीपछि एकदिवसीयमा सबैभन्दा धेरै रन ज्ञानेन्द्र मल्लले बनाएका छन् । आजको खेलमा आउट भइसकेका ज्ञानेन्द्रले ८५६ रन बनाएका छन् । आजको खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गरिरहेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

वि.सं.२०८३ साउन ८ शुक्रवार ११:४४

आन्तरिक शान्ति-सुरक्षासँगै प्रमुख कार्यादेशमध्येको राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी बल,...

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...