YouTube Link

एनआरटीलाई हराउँदै आर्मी केपी ओली कपको सेमिफाइनलमा प्रवेश

Facebook Link

 

काठमाडौं: विभागीय टोली त्रिभुवन आर्मी क्लबले केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

 

एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रबार भएको खेलमा न्युरोड टिम एनआरटीलाई पेनाल्टी सुटआउटमा ५-४ गोल अन्तरले हराउँदै आर्मी अन्तिम चारमा पुगेको हो ।

 

खेलको निर्धारित ९० मिनेट १-१ गोलको बराबरी भएपछि खेल पेनाल्टीमा गएको थियो । आर्मीका जगजित श्रेष्ठ, टेक बहादुर बुढाथोकी, विकास खवास, दिनेश हेन्जन र नवयुग श्रेष्ठले पेनाल्टीमा गोल गरे ।

 

एनआरटीका जिन एनिसेन्ट एमबौमी, लालनुन्जामा कोल्ने, निकोलस सेर्जी सङ र बिक्रम धिमालले गोल गरे । एनआरटीका स्टेफेन जुनियर एनगुमबोउसको पेनाल्टी आर्मीका गोलकिपर विकेश कुथुले बचाए ।

 

त्यसअघि खेलको ३२औं मिनेटमा लालनुन्जामा कोल्नेले गोल गर्दै एनआरटीलाई सुरुआती अग्रता दिलाएका थिए  । तर, खेलको ५३औं मिनेटमा एनआरटीका कप्तान बिक्रम धिमालले आत्मघाती गोल गरेपछि आर्मी खेलमा फर्किएको थियो ।

 

अब आर्मीले सेमिफाइनलमा सातदोबाटो युथ क्लबसँग खेल्नेछ । आयोजक राष्ट्रिय युवा संघ नेपालले  आयोजना गरेको प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको छ ।

 

आजै हुने तेस्रो क्वाटरफाइनलमा मच्छिन्द्र क्लब र चर्च ब्वाइज युनाइटेडबीच खेल हुनेछ । भोलि हुने अन्तिम क्वाटरफाइनलमा आयोजक केपी ओली क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

 

प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख नगद तथा उपविजेताले ५ लाख नगद प्राप्त गर्ने आयोजकले जनाएको छ ।

 

प्रतियोगिताका सर्बोत्कृष्ट खेलाडीले १ लाख नगद पाउने छन् । त्यसैगरी उत्कृष्ट गोलरक्षक, उत्कृष्ट गोलकर्ता र उदयमान खेलाडीले ५० हजार पाउने छन् । प्रत्येक खेलको विजेता टोलीलाई २५ हजार नगद पुरस्कार दिइनेछ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...