युभेन्ट्स युरोपा लिगको प्रि-क्वाटरफाइनलमा प्रवेश
वि.सं.२०७९ फागुन १२ शुक्रवार ०७:५६
1.7K
shares
एजेन्सी: युभेन्ट्स युरोपा लिगको प्रि-क्वाटरफाइनलमा प्रवेश गरेको छ । नान्टेसलाई ३-० ले हराउँदै समग्रमा ४-१ को जित सहित युभेन्ट्सले अन्तिम १६ मा स्थान बनाएको हो ।
१० खेलाडीमा समेटिएको घरेलु टोली नान्टेसलाई नकआउट प्ले अफ राउन्ड (अन्तिम ३२) को दोस्रो लेगमा ३–० ले तथा समग्रमा ४–१ ले पराजित गर्दै युभेन्ट्स अन्तिम १६ मा पुग्न सफल भएको हो । पहिलो लेग १–१ गोलको बराबरीमा सकिएको थियो ।
खेलको ५औं मिनेटमा डि मारियाको गोलबाट युभेन्ट्सले सुरुवाती अग्रता लिन सफल भएको थियो । खेलको १७औं मिनेटमा नान्टेस १० खेलाडीमा समेटिन पुग्यो ।

पेनाल्टी बक्समा एन्जल डि मारियाले गरेको प्रहारलाई हातले रोकेपनि रेफ्रीले निकोलस पालोइसलाई सिधै रातो कार्ड देखाउँदै मैदान बाहिर पठाए । त्यसमै प्राप्त पेनाल्टीमा डि मारिया चुकेनन् ।
७८औं मिनेटमा डि मारियाले ह्याट्रिक पूरा गर्दै युभेन्ट्सलाई सहज जित दिलाए । उनले डुसान भ्लाहोभिचको पासमा गोल गर्न सफल भएका थिए ।
वि.सं.२०७९ फागुन १२ शुक्रवार ०७:५६



















