YouTube Link

श्री चण्डेश्वरी माविले जित्यो तेस्रो राष्ट्रपति रनिङ शिल्डको उपाधि

Facebook Link

 

रामेछापः उमाकुण्ड गाउँपालिका अन्तर विद्यालय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि श्री चण्डेश्वरी मावि प्रितीले जितेको छ ।

 

चण्डेश्वरी माविले कुल ५ स्वर्ण ६ रजत र ४ कास्य जितेर प्रतियोगिताको विजेता बन्यो भने श्री महालंगुर मावि गुम्देलले ५ स्वर्ण ३ रजत र ५ कास्य जितेर उपविजेता बन्यो ।

 

त्यस्तै श्री कैलेश्वर माविले ५ स्वर्ण ३ रजत र १ कास्य सहित तृतीय बन्दा अन्य विद्यालयहरु क्रमशः श्री सिद्धेश्वर मावि बाम्ती ५ स्वर्ण २ रजत ५ कास्य, श्री कास्थेम मावि भुजी ३ स्वर्ण २ रजत ८ कास्य, श्री जनता मावि कुँबुकास्थली १ स्वर्ण मात्र जित्न सफल भयो भने श्री सरस्वती मावि सुनुवारधारले ८ रजत र १ कास्य सहित सातौ स्थानमा चित्त बुझायो ।

 

प्रतियोगिता अन्तर्गत भलिबलको अन्तिम प्रतिष्पर्धामा छात्र तर्फ श्री सिद्धेश्वर मावि बाम्तीले श्री चण्डेश्वरी मावि प्रितीलाई पराजित गर्दै विजेता बन्यो भने चण्डेश्वरी उपविजेता बन्यो । श्री महालंगुर मावि गुम्देल तेस्रो बन्यो ।

 

त्यस्तै छात्रा तर्फ श्री महालंगुर मावि गुम्देलले श्री सिद्धेश्वर मावि बाम्तीलाई पराजित गर्दै विजेता बन्दा सिद्धेश्वर मावि उपविजेता बन्यो भने श्री कास्थेम मावि भुजी तेस्रो बन्न सफल भयो ।

 

प्रतियोगिताको भलिबल छात्र तर्फबाट श्री सिद्धेश्वर मावि बाम्तीका सबिन कार्की उत्कृष्ट खेलाडी खेलाडी घोषित भए भने छात्रा तर्फ श्री महालंगुर मावि गुम्देलका राधिका कार्कीले उत्कृष्ट खेलाडी घोषित भएका छन् ।

 

प्रतियोगिताबाट ७ वटै वडाका विद्यालयबाट जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेल्न छनौट हुन सफल भएका भलिबल छात्र तर्फ दावा तामाङ, निराजन बस्नेत, रोशन थापा, ओमकार बराईली, राहुल बस्नेत, सुजन बस्नेत, सविन कार्की, कृष्ण बस्नेत, देण्डी शेर्पा, देवलाल तामाङ, आकाश धनुके, ईन्द्र बहादुर बिक, गुण बहादुर मगर, सुमन श्रेष्ठ र बेन्जुमिन सुनुवार छनोट भएका छन् ।

 

त्यस्तै छात्रा तर्फ भलिबलमा राधिका कार्की, सरिता थापा, लक्ष्मी थापा, कल्पना थापा, यामुन कार्की, अप्सरा भुजेल, सुस्मिता कार्की, सुस्मिता सुनुवार, आङ डोमा शेर्पा छनोट भएका छन् ।

 

माघ २२ देखि २४ गतेसम्म जारी प्रतियोगितामा एथलेटिक्स र भलिबल तर्फका खेलहरु सम्पन्न भएका थिए । जस अन्तर्गत उमाकुण्ड गाउँपालिकाद्वारा आयोजित प्रतियोगिताको संयोजक सुदिप सुनुवार रहेका थिए भने सम्पूर्ण खेलहरुको निर्णायकमा मनि कुमार सुनुवारको संयोजकत्वमा प्रतियोगिता सम्पन्न भएको थियो ।

 

प्रतियोगिताको उदघाटन प्रदेश सभा सदस्य तारानारायण श्रेष्ठको प्रमुख आतिथ्यमा भएको थियो भने समापन भने प्रतिनिधि सभा सदस्य पूर्ण बहादुर तामाङ (कान्छाराम)को प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...