साफ यू-२० महिला च्याम्पियनसिपमा नेपाल र बंगलादेश खेल्दै
वि.सं.२०७९ माघ २० शुक्रवार ०८:४३
3.3K
shares
काठमाडौं: बंगलादेशमा आयोजना हुने साफ यू-२० महिला च्याम्पियनसिप आजबाट ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा सुरु हुँदैछ ।
नेपालले आज आयोजक बंगलादेशविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्दैछ । नेपाल र बंगलादेशबीचको खेल नेपाली समय अनुसार साँझ ६:४५ बजे सुरु हुनेछ ।
प्रतियोगिताको पहिलो खेलमा भने भारत र भुटानबीच प्रतिस्पर्धा हुनेछ । बंगलादेशविरुद्ध मैदान उत्रदा नेपाल सुखद सुरुआतको योजनामा हुनेछ । नेपालले प्रतियोगिताका लागि तयारी समेत राम्रो गरेको छ ।
नेपालले प्रिती राईको कप्तानीमा प्रतियोगिता खेल्दैछ । अनुभवी प्रिती सिनियर राष्ट्रिय टोलीका सदस्य समेत हुन् । प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, भारत र भुटानको सहभागिता रहेको छ ।
राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् । नेपालले दोस्रो खेलमा आइतबार भुटानसँग खेल्नेछ । यस्तै अन्तिम खेलमा मंगलबार भारतसँग खेल्नेछ ।
वि.सं.२०७९ माघ २० शुक्रवार ०८:४३




















