फागुन ११ बाट केपी ओली कप राष्ट्रिय फुटबल प्रतियोगिता हुँदै
वि.सं.२०७९ माघ १४ शनिवार ०७:२७
1.7K
shares
काठमाडौं: राष्ट्रिय युवा संघ नेपालले पत्रकार सम्मेलनको आयोजना गर्दै केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिप प्रतियोगिता काठमाडौंमा फागुन ११ गतेबाट १७ गतेसम्म संचालन हुने जनाएको छ ।
प्रतियोगितामा ‘ए’ डिभिजन क्लबका ७ र एक आयोजक टोली गरि ८ टिमले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा सहभागी टोलीको घोषणा पछि गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिताको उद्घाटन खेल च्यासल मैदानमा हुनेछ । यस्तै फाइनल खेल दशरथ रंगशालामा आयोजना हुनेछ । एन्फा कम्प्लेक्स सातदोबाटोमा समेत लिग चरणका खेलहरु हुनेछ ।
प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख नगद तथा उपविजेताले ५ लाख नगद प्राप्त गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगिताका सर्बोत्कृष्ट खेलाडीले १ लाख नगद पाउने छन् । त्यसैगरी उत्कृष्ट गोलरक्षक, उत्कृष्ट गोलकर्ता र उदयमान खेलाडीले ५० हजार पाउने छन् । प्रत्येक खेलको विजेता टोलीलाई २५ हजार नगद पुरस्कार दिइनेछ भने प्रत्येक खेलका म्यान अफ दि म्याचले १५ हजार पाउने छन् ।
पूर्व प्रधानमन्त्री, राष्ट्रिय युवा संघका संस्थापक अध्यक्ष तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीको सम्मानमा प्रतियोगिता आयोजना गर्न लागिएको राष्ट्रिय युवा संघ नेपालले जनाएको छ ।
वि.सं.२०७९ माघ १४ शनिवार ०७:२७




















