YouTube Link

यी हुन एन्फा आपत्कालीन बैठकबाट भएका आठ निर्णय

Nepali Sena Suvakamana Dashain
Facebook Link

 

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)को आपत्कालीन कार्यसमिति बैठकले आठ वटा निर्णय गरेको छ ।

 

शुक्रबार एन्फा कम्प्लेक्स सातदोबाटोमा बसेको बैठकले फुटबलका महान खेलाडी पेलेको निधनप्रति शोक प्रस्ताव पारितसहित आठ निर्णय गरेको हो ।

 

फागुन १९ गतेबाट दशरथ रंगशालामा सुरु हुने ए डिभिजन लिगका लागि भिआइपी प्यारापिटतर्फ ३ सय र साधारण प्यारापिटतर्फ १ सय रुपैयाँ टिकटको मुल्य तोकेको छ ।

 

एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङको अध्यक्षतामा शुक्रबार बसकेको कार्यसमितिको आकस्मिक बैठकले फागुन १९ गतेदेखि ए डिभिजन लिग र चैत १५ गते देखि सहिद स्मारक बी डिभिजन लिग सुरु गर्ने निर्णयलाई अनुमोदन गरेको छ ।

 

अध्यक्ष नेम्बाङको संयोजकत्वमा कार्यसमितिका सम्पूर्ण पदाधिकारी र सदस्यहरु सदस्य रहने गरि लिग सञ्चालन समिति गठन गरेको छ । यसअघि एन्फाले अलग्गै लिग समिति बनाएर लिग सञ्चालन गरेको थियो ।

 

बैठकले विभन्न ८ एजेन्डामा निर्णय गर्ने क्रममा ए डिभिजन लिगको टिकेटिङ अधिकारको लागि न्युनतम १ करोड ५० लाखको टेन्डर आव्हान गर्ने निर्णय गरेको छ ।

 

त्यस्तै मुख्य प्रायोजक बाहेक कर्मसियल र मार्केटिङ अधिकारको लागि न्युनतम १ करोड ५० लाख रुपैयाँको तोकेर टेन्डर आह्वान गर्ने निर्णय पनि गरेको छ ।

 

त्यस्तै सहिद स्मारक ए, बी र सी डिभिजन लिगका ब्रोडकास्टिङ अधिकारको लागि न्युनतम ६० लाख रुपैयाँको तोकेर टेन्डर आह्वान गर्ने निर्णय गरेको एन्फा प्रवक्ता सुरेश शाहले शुक्रबार जारी गरेको विजप्तीमा उल्लेख छ ।

 

ए, बी र सी लिग आयोजनामा आवश्यक पर्ने सेवा तथा सामाग्रीको लागि टेन्डर आह्वान गर्न एन्फा सचिवालयलाई जिम्मेवारी प्रदान गर्ने निर्णय बैठकले गरेको छ ।

 

त्यस्तै ए, बी र सी लिगका लागि तीन सदस्यीय इन्ट्रगिटी समितिको गठन गर्ने निर्णय समेत गरेको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:४५

दशै नेपालीहरुको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । यसले असत्यमाथि...

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:०९

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित...

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

वि.सं.२०८३ असोज २७ मंगलवार १७:३१

काठमाडौं: नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको चुनावमा...

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

वि.सं.२०८३ असोज २७ मंगलवार १५:५८

ओखलढुंगा: ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर ७ रावादोलुमा दुई दिने...

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

वि.सं.२०८३ असोज २७ मंगलवार १२:१८

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य खगेन्द्र...