Rajshow Bivag

कतार विश्वकप फूटबल ५०० रुपैयाँ तिरेर हेर्न पाइने

Departmant of helth services

 

काठमाडौं: मंसिर ४ गतेदेखि कतारमा हुने विश्वकप फूटबल प्रतियोगिता ५०० रुपैयाँ तिरेर हेर्न पाईने भएको छ ।

 

विश्वकप नि:शुल्क देखाउनु पर्ने मागसहित परेको रिट सर्वोच्च अदालतले खारेज गरेपछि नेपाली टेलिभिजनले ५०० रुपैयाँ लिएर विश्वकपको प्रत्यक्ष प्रसारण गर्न पाउने भएको हो ।

 

न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको संयुक्त इजलासले बुधबार सर्वोच्चकै यस अघिको एकल इजलासले दिएको अल्पकालीन अन्तरिम आदेश खारेज गरेको हो ।

 

विश्वकप फूटबलको नेपालमा प्रसारण अधिकार पाएको मिडिया हबले हिमालय टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गर्ने र त्यस बापत ग्राहकसँग थप ५०० रुपैयाँ शुल्क लिने निर्णय गरेको थियो ।

 

त्यसका विरुद्ध अधिवक्ताद्वय किशोर पौडेल र अनुपम भट्टराईले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, मिडिया हब, एनआईटीभी स्ट्रीम्ज, भायानेट कम्युनिकेशन्स, प्रेरा बिजनेश सेन्टर र एडप्याड एक्युजिशन, थापागाउँलाई विपक्षी बनाइएको थियो ।

 

निवेदकले थप ५०० रुपैयाँ लिने निर्णय कार्यान्वयन नगर्न नराउन अन्तरिम आदेश माग गरेका थिए । यसअघि कात्तिक २२ गते सर्वोच्चका न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले अर्को निर्णय नहुँदासम्म यो निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।

 

त्यसमा अन्तरिम आदेश दिने कि नदिने भनेर छलफल गर्न दुवै पक्षलाई बोलाइएको थियो ।  बुधबार न्यायाधीश ढुंगाना र शर्माको निर्णयमा अन्तरिम आदेश जारी गर्न मिलेन भनिए पनि मिडिया हब र हिमाललय टेलिभिजनको सम्झौतामा कम्तिमा चारवटा खेल नि:शुल्क प्रसारित गर्नुपर्ने उल्लेख छ ।

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन सुरु, इतिहासले सम्झिने गरी कैयन् साहसिक र जनपक्षीय कामहरू भएका छन्: प्रधानमन्त्री प्रचण्ड

नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन सुरु, इतिहासले सम्झिने गरी कैयन् साहसिक र जनपक्षीय कामहरू भएका छन्: प्रधानमन्त्री प्रचण्ड

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:०१

  काठमाडौं: नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन काठमाडौंको राष्ट्रिय सभागृहमा...

आज ३१औँ  विश्व प्रेस स्वतन्त्रता दिवस, विविध कार्यक्रम गरी मनाईदै

आज ३१औँ  विश्व प्रेस स्वतन्त्रता दिवस, विविध कार्यक्रम गरी मनाईदै

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १०:५६

  काठमाडौं: आज ३१औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि...

हेर्नुहोस् आज २०८१ बैशाख २० गते बिहीबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख २० गते बिहीबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख २० बिहीवार ०५:२४

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...

वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित

वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:५२

  काठमाडौं: टी-२० सिरिजको तेस्रो खेलमा नेपाल वेस्ट इन्डिज ‘ए’...

एनएफपीजेको निमन्त्रणामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न नेपाल आएका बंगलादेशका टोली स्वदेश फिर्ता

एनएफपीजेको निमन्त्रणामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न नेपाल आएका बंगलादेशका टोली स्वदेश फिर्ता

वि.सं.२०८१ वैशाख १९ बुधवार १२:१८

  काठमाडौं: फोटो पत्रकारिता दिवसको अवसरमा राष्ट्रिय फोटो पत्रकार समुह...

‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ भन्ने नाराका साथ आज १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ भन्ने नाराका साथ आज १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

वि.सं.२०८१ वैशाख १९ बुधवार ०७:२०

  काठमाडौं: मजदुर आन्दोलनको सम्झनामा विश्वभर १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस...