YouTube Link

प्रिजेन तामाङको शीघ्र स्वास्थ्य लाभको कामना

Facebook Link

 

काठमाडौं: पाकिस्तानविरुद्ध बुधबार दशरथ रंगशालामा मैत्रीपूर्ण खेल अघि नेपाली राष्ट्रिय फुटबल टोलीले उपचार गराइरहेका प्रिजेन तामाङको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

 

उमेर समूहको च्याम्पियन टोलीको सदस्य रहेका प्रिजेन ब्लड क्यान्सको उपचार गराइरहेका छन् । पाकिस्तानसँगको खेल सुरु हुनुअघि राष्ट्रिय टोलीले गेट वेल सुन प्रिजन लेखिएको जर्सी प्रदर्शन गरेको थियो । प्रिजेनको भारतको नयाँ दिल्लीस्थित अपोलो अस्पतालमा उपचार भइरहेको छ ।

 

अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार मात्र प्रिजेनलाई उपचारका लागि ३ लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको थियो । एन्फा खेलाडी संघले सोमबार एन्फालाई प्रिजेनको उपचारमा सहयोग गर्न आग्रह गदै निवेदन दिएको थियो । एन्फा एकेडेमीका उत्पादन प्रिजेन तीन वर्ष अघि स्वदेशमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) र यु १८ साफ च्याम्पियनसिपको च्याम्पियन टोलीका सदस्य थिए ।

 

आश लाग्दा युवा खेलाडीले त्रिभुवन आर्मी फुटबल क्लबबाट ललित स्मृति यू १८ च्याम्पियनसिप जितेका थिए । फ्रेन्ड्स क्लबबाट ए डिभिजन लिग खेलेका प्रिजेन नेपाल सुपर लिग (एनएसएल) को पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सका सदस्य थिए ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

वि.सं.२०८३ साउन २० बुधवार १४:४४

काठमाडौं: नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित...

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

वि.सं.२०८३ साउन १९ मंगलवार १४:२०

हेटौंडा: बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहबीच आपसी...

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...