Rajshow Bivag

श्रीलंकामाथि फराकिलो जित निकाल्दै नेपाल सेमिफाइनलमा

Departmant of helth services

 

काठमाडौं: छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलमा नेपालले श्रीलंकालाई फराकिलो जित निकाल्दै अन्तिम चारको यात्रा तय गरेको छ ।

 

सोमबार भएको समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई ६-० गोलको फराकिलो जित निकाल्दै नेपालले अन्तिम चारको यात्रा तय गरेको हो ।

 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाललाई जित दिलाउन अमिषा कार्कीले दुई गोल गरिन् । यस्तै कुमारी घिसिङ, सरु लिम्बु, अमृता जैशी र दिपा शाहीले एक एक गोल गरिन् ।

 

खेलको नवौं मिनेटमा रश्मीले गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाएकी थिइन् । खेलको ११औं मिनेटमा सरुले गोल गर्दै नेपाललाई २-० को अग्रता दिलाईन् । खेलको १७ औं मिनेटमा अमृताले गोल गर्दा नेपाल ३-० ले अघि रह्यो ।

 

पहिलो हाफको इन्जुरी समयमा दिपाले गोल गरेपछि नेपालले पहिलो हाफमा ४-० को अग्रता बनायो ।

 

खेलको ७६औं मिनेटमा अमिषाले गोल गर्दै नेपाललाई ५-० को अग्रता दिलाईन् ।  भुटानविरुद्ध डेब्यु गरेकी अमिषाले नेपालको लागि यो पहिलो गोल हो ।

 

खेलको अतिरिक्त समयमा अमिषाले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई ६-० को जित दिलाईन् । जितसँगै नेपालले अपराजित रहदै अन्तिम चारमा स्थान बनाएको हो । यस्तै नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

 

समूह ‘बी’ को नेपालले २ खेलमा ६ अंक जोड्यो । नेपालले पहिलो खेलमा भुटानलाई ४-० गोल अन्तरले हराएको थियो ।

 

नेपालको जितसँगै भुटान समूह उपविजेता बन्दै अन्तिम चारमा पुगेको छ । पहिलो खेलमा श्रीलंकालाई भुटानले ५-० गोल अन्तरले हराएको थियो ।

 

भुटानले २ खेलमा ३ अंक जोड्यो । दुई खेलमा पराजित रहदै अंक विहीन बनेको श्रीलंका प्रतियोगिताबाट बाहिरिएको छ ।

 

समूह ‘ए’ बाट भारत र बंगलादेशले अन्तिम चारमा स्थान पक्का गरिसकेको छ । माल्दिभ्स र पाकिस्तान भने बाहिरिसकेको छ ।

 

प्रतियोगितामा आयोजक नेपाल, भारत, श्रीलंका, भुटान, बंगलादेश, पाकिस्तान र माल्दिभ्सको सहभागिता रहेको छ ।

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
देउवा-नेपालबीच गोप्य भेटवार्ताले सत्ता समीकरणमा तरंग

देउवा-नेपालबीच गोप्य भेटवार्ताले सत्ता समीकरणमा तरंग

वि.सं.२०८१ वैशाख ६ बिहीवार ११:४०

  काठमाडौं: वर्तमान सरकारमा असन्तुष्ट रहेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष...

गणेश इशाराको एकल कमेडी शो आज, यि कलाकाहरुले मच्चाउँदैछन् धुम, महिला फुटबलर प्रिती राई सम्मानित हुँदै

गणेश इशाराको एकल कमेडी शो आज, यि कलाकाहरुले मच्चाउँदैछन् धुम, महिला फुटबलर प्रिती राई सम्मानित हुँदै

वि.सं.२०८१ वैशाख ६ बिहीवार ११:०६

  काठमाडौं: ‘जो धेरै हाँस्छ ऊ धेरै बाँच्छ’ भन्ने मुल...

हेर्नुहोस् आज २०८१ बैशाख ६ गते बिहीबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख ६ गते बिहीबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख ६ बिहीवार ०६:४९

    मेष - Aries चु, चे, चो, ला, लि,...

१४औं एकल कमेडी शो गर्दै  गणेश इशारा, महिला राष्ट्रिय टोलीका सदस्य प्रिती राई सम्मानित हुँदै

१४औं एकल कमेडी शो गर्दै  गणेश इशारा, महिला राष्ट्रिय टोलीका सदस्य प्रिती राई सम्मानित हुँदै

वि.सं.२०८१ वैशाख ५ बुधवार १०:१४

  काठमाडौं: ‘जो धेरै हाँस्छ ऊ धेरै बाँच्छ’ भन्ने मुल...

नेपाल र साउदी अरबबीचको खेल आज

नेपाल र साउदी अरबबीचको खेल आज

वि.सं.२०८१ वैशाख ५ बुधवार ०७:४२

  काठमाडौं: ओमानमा जारी एसीसी पुरुष प्रिमियर कपमा नेपालले आज...

हेर्नुहोस् आज २०८१ बैशाख ५ गते बुधबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख ५ गते बुधबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख ५ बुधवार ०६:४२

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...