केन्याविरुद्ध लगातार दोस्रो जितको खोजीमा नेपाल
वि.सं.२०७९ भदौ १० शुक्रवार १०:४३
1.8K
shares
काठमाडौं: नेपाली राष्ट्रिय क्रिकेट टोलीले केन्याविरुद्ध पहिलो खेलमा जित निकालेर आत्मविश्वास बनाउँदै लगातार दोस्रो जितको लक्ष्य सहित आज पनि प्रतिस्पर्धा गर्दैछ ।
नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा नेपालले घरेलु टोलीविरुद्ध दिउँसो ३:४५ मा प्रतिस्पर्धा गर्नेछ ।
बरियतामा आफू भन्दा १६ स्थान तल रहेको केन्याविरुद्व पहिलो खेलमा सहज जित निकालेको नेपाल सोही लयलाई दोस्रो खेलमा पनि निरन्तरता दिने लक्ष्यका साथ मैदानमा उत्रने छ ।
पहिलो खेलमा पराजित केन्या भने दोस्रो खेलमा जित निकाल्दै सिरिजमा फर्किने लक्ष्यमा रहने छ ।
बिहीबार भएको पहिलो खेलमा नेपालले केन्यालाई पाँच विकेटले हराउँदै पाँच खेलको सिरिजमा १–० को अग्रता बनाएको छ । नेपालले केन्याविरुद्ध तेस्रो खेल १२ भदौमा खेल्नेछ ।
त्यस्तै दुई टोलीबीच चौथो टी-२० भदौ १३ मा हुँदा अन्तिम टी-२० भदौ १४ मा हुने छ । टी-२० सिरिज पछि नेपालले घरेलु टोलीसँग तीन खेलको एकदिवसीय सिरिज खेल्ने कार्यतालिका छ ।
वि.सं.२०७९ भदौ १० शुक्रवार १०:४३




















