‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत अन्तिम चरणको खेलमा आज दुई खेलहरु हुँदै
वि.सं.२०७८ फागुन १३ शुक्रवार ०९:२१
2.6K
shares
काठमाडौं: सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको अन्तिम चरण अन्तर्गत आज दशरथ रंगशाला र एन्फा कम्प्लेक्समा गरी दुई खेलहरु हुँदैछन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा जावलाखेल युथ क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ । यी दुईबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ ।
जावलाखेल १२ खेलमा १३ अंक जोडेर दशौँ स्थानमा रहेको छ ।
संकटा १२ खेलमा १५ अंक जोडेर सातौं स्थानमा रहेको छ ।
यसैबीच एन्फा कम्प्लेक्समा हुने खेलमा ब्रिगेड ब्वाइज र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ । यी दुईबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ ।
ब्रिगेड १२ खेलमा ७ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।
थ्री स्टार १२ खेलमा १८ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।
वि.सं.२०७८ फागुन १३ शुक्रवार ०९:२१




















