YouTube Link

इंग्ल्याण्डमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानको पहिलो जित

Facebook Link

एजेन्सी: इंग्ल्याण्डमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानले पहिलो जित निकालेको छ । गएराति भएको खेलमा आयोजक इंग्ल्याण्डलाई १४ रनले पराजित गर्दै पाकिस्तानले पहिलो जित निकालेको हो ।

पाकिस्तानले दिएको ३ सय ४९ रनको फराकिलो लक्ष्य पछ्याएको इंग्ल्याण्डले ५० ओभरमा ९ विकेट गुमाएर ३ सय ३४ रन मात्र बनाउन सक्यो । इंग्ल्याण्डका जोय रुट र जोस बट्लरले शतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । रुटले एक सय ४ बलमा १० चौका र १ छक्का सहित एक सय ७ रन बनाए । बट्लरले ७६ बलमा ९ चौका र २ छक्का सहित एक सय ३ रन जोडे ।

यस्तै जोनी ब्रैस्टोले ३३, क्रिस वोक्स २१ तथा मोइन अलीले १९ रन जोड्दा अन्य ब्याट्सम्यानले उलेख्य रन जोड्न सकेनन् । पाकिस्तानका वाहब रियाजले ३ विकेट लिए । यस्तै मोहमद आमिर र शादब खानले २/२ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ५० ओभरमा ८ विकेट गुमाएर ३ सय ४८ रन बनाएको थियो । पाकिस्तानका लागि मोहमद हाफिज, बाबर आजम र सर्फ्राज अहमेदले अर्धशतकीय इनिङ्स खेले । पाकिस्तानको उच्च स्कोरमा हाफिजले ८४, आजमले ६३ तथा कप्तान अहमेदले ५५ रन बनाए । यस्तै इमाम उल हकले ४४ तथा फकर जमानले ३६ रन जोडे ।

इंग्ल्याण्डका क्रिस वोक्स र मोइन अलीले ३/३ विकेट लिए । मार्क वुडले २ विकेट लिए । जितसंगै पाकिस्तानले एकदिवसीय क्रिकेटमा १२औं खेलमा पहिलो जित निकालेको छ । जितसंगै पाकिस्तानले २ खेलबाट २ अंक जोडेको छ । पाकिस्तान पहिलो खेलमा वेष्ट इण्डिजसंग पराजित भएको थियो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

वि.सं.२०८३ भदौ ७ आइतवार १२:०३

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले विपद्को समयमा आदेशको प्रतिक्षा गरेर...

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:४७

काठमाडौं: प्रधामन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन् ।...

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

वि.सं.२०८३ भदौ २ मंगलवार १२:३०

काठमाडौं: गायक विजय थापाको सुमधुर आवाजमा 'आँसु बिक्ने सहर' गीतको...

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

वि.सं.२०८३ भदौ २ मंगलवार १०:३०

काठमाडौं: भारतीय सेनाध्यक्ष धिरज सेठले आज प्रधानमन्त्री एवं रक्षामन्त्री बालेन्द्र...

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

वि.सं.२०८३ भदौ १ सोमवार १७:२२

काठमाडौं: प्रतिनिधिसभा सदस्य तथा पूर्वउपसभामुख इन्दिरा रानामगरको प्रमुख आतिथ्यमा जन...

भारतीय सेनाप्रमुख धीरज सेठ नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने

भारतीय सेनाप्रमुख धीरज सेठ नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने

वि.सं.२०८३ साउन ३१ आइतवार ११:४१

काठमाडौं: नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतीय सेनाका प्रमुख...