Rajshow Bivag

पुलिस र च्यासलबीचको स्थगित ‘ए’ डिभिजन लिग शनिबार हुने

Departmant of helth services

 

काठमाडौं: शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत विभागीय टोली नेपाल पुलिस क्लब र च्यासल युथ क्लबबीच स्थगित भएको खेल शनिबार हुने भएको छ ।

 

खेलाडीहरुमा कोरोना संक्रमण देखिएका कारण स्थगित भएको नवौं चरणको पुलिस र च्यासलबीचको खेल माघ २२ गते शनिबार हुने १ बजे हुने एन्फाले जानकारी गराएको छ ।

 

यस खेलपछि लिगमा नवौं चरणका खेलहरु सकिनेछन् ।

 

हाल लिग तालिकामा पुलिस ८ खेलबाट ७ अंक जोडेर ११ औं स्थानमा छ ।

 

८ खेलबाट ५ अंक जोडेको च्यासल १३औं स्थानमा रहँदै रेलिगेसन जोनमा छ ।

 

पुलिस र च्यासल दुवैले यस सिजन अपेक्षा अनुसार प्रदर्शन गर्न सकेको छैन ।

 

अहिलेसम्म अपराजित साविक विजेता मछिन्द्र ९ खेलबाट २३ अंक जोडेर शीर्ष स्थानमा छ भने मनाङ १९ अंकसहित दोस्रो स्थानमा छ ।

 

अर्को अपराजित आर्मी आर्मी १७ अंकसहित तेस्रो स्थानमा छ ।

 

एन्फाले माघको अन्तिमबाट दशौं चरणका खेलहरु शुरु गर्ने तयारी गरेको छ ।

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
लापसे चेकिङमा ६ जना चालक नागढुङ्गाबाट पक्राउ

लापसे चेकिङमा ६ जना चालक नागढुङ्गाबाट पक्राउ

वि.सं.२०८१ जेठ ५ शनिवार ११:१५

  काठमाडौं: लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका ६...

चार एसएसपीको डीआईजीमा बढुवा सिफारिस

चार एसएसपीको डीआईजीमा बढुवा सिफारिस

वि.सं.२०८१ जेठ ५ शनिवार १०:४३

  काठमाडौं: सरकारले चार एसएसपीलाई डीआईजीमा बढुवा सिफारिस गरेको छ...

हेर्नुहोस् आज २०८१ जेठ ५ गते शनिबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ जेठ ५ गते शनिबार तपाईको राशिफल

वि.सं.२०८१ जेठ ५ शनिवार ०७:०७

  मेष - ARIES चु, चे, चो, ला, लि, लु,...

प्रतिनिधिसभा बैठक आज पनि बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभा बैठक आज पनि बस्दै, यस्तो छ कार्यसूची

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०७:५१

  काठमाडौं: प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहीबार बैठक शुरु...

नेपालले अमेरिका र क्यानडासँग वामअर्प म्याच खेल्ने

नेपालले अमेरिका र क्यानडासँग वामअर्प म्याच खेल्ने

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०७:२६

  काठमाडौं: नेपालले आईसीसी टी–२० विश्वकपअघि अमेरिका र क्यानडासँग वामअर्प...

हेर्नुहोस् आज २०८१ जेठ ४ गते शुक्रबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ जेठ ४ गते शुक्रबार तपाईको राशिफल

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:३३

  मेष - ARIES चु, चे, चो, ला, लि, लु,...