आहा रारा गोल्डकप फुटबलमा पुलिसलाई हराउँदै मनाङ सेमिफाइनलमा प्रवेश
वि.सं.२०७८ माघ ९ आइतवार १७:१३
2.3K
shares
काठमाडौं: पोखरामा जारी २०औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा मनाङ मर्स्याङ्दी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।
पोखरा रंगशालामा आइतबार भएको खेलमा विभागीय टिम नेपाल पुलिस क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै मनाङ सेमिफाईनलमा पुगेको हो ।
मनाङलाई जित दिलाउन रुपेश केसी र आफिज ओलावाले एक-एक गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा मनाङले दुबै गोल गरेको थियो ।
खेलको ६४ औं मिनेटमा रुपेशले गोल गर्दै मनाङलाई सुरुआती अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ८७औं मिनेटमा ओलावालेले गोल गर्दै मनाङलाई २-० को जित दिलाए । उनी म्यान अफ दि म्याच समेत चुनिए ।
अब मनाङले सेमिफाइनलमा त्रिभुवन आर्मी क्लब र थ्री स्टार क्लबबीचको विजेतासँग खेल्नेछ ।
वि.सं.२०७८ माघ ९ आइतवार १७:१३


















