एस्टन भिल्लासँग लेस्टर सिटी पराजित
वि.सं.२०७८ मंसिर २० सोमवार ०८:५५
1.8K
shares
काठमाडौं: इंग्लिस प्रिमियर लिग फुटबलमा एस्टन भिल्लासँग लेस्टर सिटी २-१ गोल अन्तरले पराजित भएको छ ।
खेलको १४औं मिनेटमा हार्भे बर्नेसले गोल गर्दै लेस्टरलाई सुरुआती अग्रता दिलाएका थिए । एस्टनको मैदानमा सुरुआती अग्रता जोगाउन नसक्दा लेस्टर पराजित भएको हो ।
खेलको १७औं मिनेटमा इज्री कोन्साले गोल गर्दै एस्टनलाई १-१ गोलको बराबरीमा फर्काए । पहिलो हाफको अतिरिक्त समयमा एस्टनका रामसेले गरेको गोलले मान्यता पाएन ।
त्यसपछि खेलको ५४ औं मिनेटमा कोन्साले व्यक्तिगत दोस्रो गोल गर्दै एस्टनलाई २-१ को जित दिलाए ।
जितसँगै एस्टनले १५ खेलमा १९ अंक जोडेको छ । एस्टन लिगको दशौँ स्थानमा रहेको छ ।
लेस्टर १९ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।
वि.सं.२०७८ मंसिर २० सोमवार ०८:५५




















