YouTube Link

ला लिगा उपाधि टुंगो लाग्दै एट्लेटिकोलाई २०१४ पछि पहिलोपटक लिग जित्ने अवसर

Facebook Link

एजेन्सीः स्पेनिस ला लिगा फुटबल विश्वको प्रतिष्ठित लिगमध्ये एक हो । आज राति हुने खेलमा उपाधिको ला लिगा उपाधि टुंगो लाग्ने छ ।

उपाधिको होडमा डिफेन्डिङ च्याम्पियन रियल मड्रिड र एट्लेटिको मड्रिड छन् ।

यस सिजनमा ला लिगाको प्रतिस्पर्धा निकै रोमंचक र प्रतिस्पर्धात्मक भएको छ ।

अन्तिम चरणबाट मात्र ला लिगा उपाधि टुंगो लाग्ने भएको छ ।

उपाधि छिनोफानोको लागि आज राति ९ः४५ मा सुरु हुने खेलमा एट्लेटिकोले भालाडोलिडलाई हराउन सके मात्र उसले उपाधि जित्ने छ ।

एट्लेटिको बराबरीमा रोकियो र दोस्रो स्थानको रियलले खेल जित निकालेको अवस्थामा दुवै टिमको समान ८२ अंक हुनेछ ।

यस्तो अवस्थामा भने हेड टू हेडको आधरमा रियल मड्रिडले लिग जित्ने छ ।

स्पेनिस ला लिगमा प्रायजसो रियल म्याड्रिड र बार्सिलोनाकै दबाब रहने गर्दछ ।

रियलले ३४ पटक उपाधि जित्दा बार्सिलोनाले २६ पटक उपाधि आफ्नो कब्जमा पारेको छ ।

एट्लेटिकोले ला लिगाको १० ट्रफि जितेको छ ।

एथ्लेटिको बाल्बियो, भ्यालेन्सिया, रियल सोसिडाड, डिपोर्टिभो, सेभिया र रियल बेटिसले क्रमशः ८, ६, २, १, १ र १ पटक जितेका छन् ।

दुई क्लबको दबदबा रहेको अवस्थामा अहिले एट्लेटिकोले आफूलाई स्थापित गर्ने अवसर पाएको छ ।

यदि उसले उपाधि जिते ठूलो रकमको पुरस्कार पाउने छ ।

राम्रो स्पोन्सर पाउने छ, जसले उसलाई अझ राम्रो खेलाडी किन्न प्रोत्साहन मिल्ने छ ।

पछिल्लो २५ वर्षमा एक मात्र उपाधि जितेको एट्लेटिकोलाई इतिहास रच्ने अर्को अवसर छ ।

स्पेनको राजधानी मड्रिडमा १९०३ अप्रिलमा स्थापना भएको एट्लेटिकोले १८३९–४० को सिजनमा पहिलोपटक उपाधि जितेको थियो ।

उसले १९४०–४१, १९४९–५०, १९५०–५१, १९६५–६६, १९६९–७०, १९७२–७३, १९९५–९६ मा पनि उपाधि जितेको थियो ।

ला लिगाको रेलिगेसनमा पर्ने टिमको पनि टुंगो लाग्ने छ ।

आइबर रेलिगेसन भइसकेको छ ।

भालाडोलिड, एल्चे र ह्वेस्कामध्ये दुई टिम रेलिगेसनमा पर्नेछन् ।

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com/%e0%a4%95%e0%a5%8b%e0%a4%b2%e0%a4%ae%e0%a5%8d%e0%a4%ac%e0%a4%bf%e0%a4%af%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a4%95%e0%a5%8b%e0%a4%aa%e0%a4%be-%e0%a4%85%e0%a4%ae%e0%a5%87%e0%a4%b0%e0%a4%bf%e0%a4%95%e0%a4%be/

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

वि.सं.२०८३ असोज १९ सोमवार १७:२९

काठमाडौं: ब्रदर्स एफसी हङकङद्वारा आयोजित दशै कप फुटसल प्रतियोगिताको उपाधि...

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...