Rajshow Bivag

जारी त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको उपाधिका लागि आज नेपाल र नेदरल्यान्ड्स भिड्दै

Departmant of helth services

काठमाडौं: त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको उपाधिका लागि आज नेपाल र नेदरल्यान्ड्स भिड्दै छन् ।

 

टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल र नेदरल्यान्ड्सबीचको फाइनल खेल अपरान्ह १:१५ बजे सुरु हुनेछ ।

 

नेपालको कप्तानी ज्ञानेन्द्र मल्ल र नेदरल्यान्ड्सको पिटर शिलारले गर्ने छन् ।

 

११ वर्षपछि नेपालले घरेलु मैदानमा उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रने छ ।

 

नेपालले पछिल्लो पटक सिरिज सन् २०१९ को जुलाईमा मलेसियासँग दुई टी–ट्वान्टी खेलमा क्लिनस्विप गरेको थियो ।

 

सन् २०१९ को सुरुवातमै यूएईसँग तीन ओडिआई तथा टी–ट्वान्टी आई सिरिज समान २–१ ले जितेको थियो ।

 

नेपालले हालसम्म त्रिकोणात्मक सिरिज भने जितेको छैन । आज पहिलो त्रिकोणात्मक सिरिज जित्ने लक्ष्यका साथ मैदानमा उत्रनेछ ।

 

नेदरल्यान्ड्स पनि नेपाललाई उसैको घरेलु मैदानमा पराजित गर्दै सिरिजको उपाधि जित्न चाहन्छ ।

 

सिरिजको पहिलो खेलमा नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको नेपाल फाइनलमा पनि त्यही लयलाई कायम गर्न चाहन्छ ।

 

सिरिजमा नै उच्च प्रदर्शन गरेको नेपाल फाइनलमा पनि नेदरल्यान्ड्सलाई कडा चुनौती दिन चाहन्छ ।

 

तर, नेदरल्यान्ड्ससँग पनि सिरिजको दोस्रो खेलमा नेपाललाई पराजित गरेको उच्च मनोबल छ ।

 

नेदरल्यान्ड्सले दोस्रो खेलमा नेपाललाई ३ विकेटले पराजित गरेको थियो ।

 

नेदरल्यान्ड्स पनि आफ्नो त्यहि लयलाई कायम राख्दै उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रिने छ ।

 

हेर्नुहोस् तपाईको आज २०७७ बैशाख ११ गते शनिबारको तपाईको राशिफल

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
आजदेखि सरकारी कामकाजमा तामाङ र नेपाल भाषा प्रयोगमा

आजदेखि सरकारी कामकाजमा तामाङ र नेपाल भाषा प्रयोगमा

वि.सं.२०८१ वैशाख २४ सोमवार १०:४१

  काठमाडौं: बागमती प्रदेशमा आजदेखि तामाङ र नेपाल भाषा सरकारी...

सुनुवार सेवा समाज संघीय समितिले ३६औं स्थापना दिवस तथा वार्षिक साधारणसभा गर्दै

सुनुवार सेवा समाज संघीय समितिले ३६औं स्थापना दिवस तथा वार्षिक साधारणसभा गर्दै

वि.सं.२०८१ वैशाख २४ सोमवार १०:०५

  काठमाडौं: सुनुवार सेवा समाज संघीय समितिले ३६औं स्थापना दिवस...

हेर्नुहोस् आज २०८१ बैशाख २४ गते सोमबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख २४ गते सोमबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख २४ सोमवार ०५:५२

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...

नेपालमा जनसंख्या वार्षिक ०.९२ को दरले वृद्धि भइरहेको तथ्यांक सार्वजनिक, नेपालीको औषत आयु ७१.३ वर्ष

नेपालमा जनसंख्या वार्षिक ०.९२ को दरले वृद्धि भइरहेको तथ्यांक सार्वजनिक, नेपालीको औषत आयु ७१.३ वर्ष

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:४४

  काठमाडौं: नेपालमा जनसंख्या वार्षिक ०.९२ को दरले वृद्धि भइरहेको...

जापानी विदेश मन्त्री र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

जापानी विदेश मन्त्री र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:२३

  काठमाडौं: जापानका विदेश मन्त्री कामिकावा योको र प्रधानमन्त्री पुष्पकमल...

हेर्नुहोस् आज २०८१ बैशाख २३ गते आईतबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख २३ गते आईतबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख २३ आइतवार ०७:०२

    मेष - Aries चु, चे, चो, ला, लि,...