YouTube Link

राष्ट्रिय टिम कप्तान किरण एएफसी इन्टरनेशल प्लेयर अफ दि विक घोषित

Facebook Link

काठमाडौं : राष्ट्रिय फुटवल टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङ एएफसी इन्टरनेशल प्लेयर अफ द विक घोषित भएका छन् ।

किरणले मनोनयनमा परेका एशीयाका अन्य नौ खेलाडीलाइ पछि पारेका हुन् ।

प्राप्त मतको आधारमा विजेता छानिएको हो ।

एएफीले पाँच दिन अघि किरण सहित दश खेलाडीलाई साताको उत्कृष्ट खेलाडीको मनोनयनमा राखेको थियो ।

जसमा किरणले सर्वाधिक ५५ दशमलब ६९ प्रतिशत मत प्राप्त गरे ।

साउदी अरेबियाका सलेह अल सेहेरीले २० दशमलब ६२ प्रतिशत मत ल्याएर दोस्रो स्थानमा रहे ।

इराकका अल अली हवइ १० दशमलब १६ प्रतिशत मल प्राप्त गर्दै तेस्रो भए ।

यसको मनोनयनमा पर्दै उपाधी नै जित्ने किरण पहिलो नेपाली खेलाडी हुन् ।

उनको कप्तानीमा नेपालले गत सोमबार घरेलु मैदानमा भएको थ्रि नेशन्स कपको उपाधी जितेको थियो ।

फाइनलमा नेपालले बंगलादेशलाई दुइ एकले हरायो ।

थ्रि नेशन्समा नेपालले तीन खेल खेल्दा किरणले मात्र एक गोल खाएका थिए ।

साताको उत्कृष्ट खेलाडी बनेपछि किरणले सामाजीक संजाल मार्फत खुशी बाडेका छन् ।

यो वर्ष आफ्ना लागि निकै भाग्यमानी सावित उनको भनाइ छ ।

उनले अगाडी लेखेका छन– मलाई गर्व छ हामीले पुरा गर्यौ ।

नेपाली फुटवलको इतिहासमै मनोनयनमा पर्दै उपाधी जितेको यो पहिलो पटक हो ।

यो ठूलो सफलता हो ।

यो हामी सवैका लागि गौरव गर्न लायक क्षण हो ।

हामी सवै सँगै मिलेर अघि बढ्यौ भने जे पनि संभव छ भन्ने यो सानो उदाहरण हो ।

मत दिने सवैप्रति आभार ब्यक्त गर्दछु ।

यो उपाधी मेरा लागि निकै विषेश छ ।

आफ्नो देशलाई गौरावान्वित बनाउन म अझै कडा मेहनत गर्नेछु ।

किरण यो सिजन भारतीय लिग आइ लिगको उत्कृष्ट गोलकिपर पनि बनेका थिए ।

उनी पंजाव एएफसीबाट आइ लिग खेल्नेछन् ।

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com/%e0%a4%b0%e0%a4%be%e0%a4%b7%e0%a5%8d%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%af-%e0%a4%ab%e0%a5%81%e0%a4%9f%e0%a4%ac%e0%a4%b2-%e0%a4%9f%e0%a5%8b%e0%a4%b2%e0%a5%80%e0%a4%95%e0%a4%be-%e0%a4%ae/

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

वि.सं.२०८३ साउन ४ सोमवार १५:२८

काठमाडौं: फिफा विश्वकप फुटबल २०२६ को अवसर पारेर बक्स अफिस...

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

वि.सं.२०८३ साउन ४ सोमवार १३:००

काठमाडौं: साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६...

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:२४

काठमाडौं: जारी फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इङ्ल्यान्डलाई रोमाञ्चक तथा...