YouTube Link

विश्वकप छनौट अन्तर्गत बेलारुसको गोल पोष्टमा बेल्जियमको आठ गोल

Facebook Link

एजेन्सी: फिफा विश्वकप छनौट अन्तर्गत युरोपियन छनौटको तेस्रो खेलमा बेल्जियमले बेलारुसलाई ८-० गोल अन्तरले फराकिलो जित निकालेको छ ।

 

बेल्जियमको जितमा लिन्ड्रो ट्रोसार्ड र हान्स भनाकेनले समान दुई-दुई गोल गरे ।

 

यस्तै मिची बात्सुआई, जेर्मी डोकु, डेनिस प्रयट र क्रिस्टियन बेन्टेकेले एक-एक गोल गरे ।

 

बेल्जियमले घरेलु मैदानमा दुबै हाफमा चार–चार गोल गरेको थियो ।

 

खेलको १४औं मिनेटमा बात्सुआईको गोलमा अग्रता बनाएको बेल्जियमले १७औं मिनेटमा हान्सको गोलमा अग्रता दोब्बर बनायो ।

 

३८औं मिनेटमा लिन्ड्रोले गोल गर्दै टिमलाई ३-० को अग्रता दिलाए ।

 

डोकुले ४२औं मिनेटमा गोल गरेपछि बेल्जियमले पहिलो हाफमा ४-० को अग्रता बनायो ।

 

दोस्रो हाफमा खेलको ४९औं मिनेटमा डेनिसले गोल गर्दा बेल्जियम ५-० ले अघि रह्यो ।

 

खेलको ७०औं मिनेटमा बेन्टेकेले गोल गर्दै बेल्जियमलाई ६-० को अग्रता दिलाए ।

 

त्यसपछि खेलको ७६औं मिनेटमा लिन्ड्रो र ८९औं मिनेटमा हान्सले व्यक्तिगत दोस्रो गोल पूरा गर्दा बेल्जियम ८-० ले विजयी भयो ।

 

यस जितसँगै बेल्जियमले ३ खेलमा ७ अंक जोडेको छ ।

 

समूह ‘ई’ को बेल्जियम शीर्ष स्थानमा रहेको छ ।

 

२ खेलमा ३ अंक जोडेको बेलारुस चौंथो स्थानमा रहेको छ ।

 

हेर्नुहोस् तपाईको आज २०७७ चैत १८ गते बुधबारको तपाईको राशिफल

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

वि.सं.२०८३ साउन २० बुधवार १४:४४

काठमाडौं: नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित...

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

वि.सं.२०८३ साउन १९ मंगलवार १४:२०

हेटौंडा: बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहबीच आपसी...

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...