लिड्स युनाईटेडका लिजेण्ड फुटबल खेलाडी पिटर लोरिमेरको निधन
वि.सं.२०७७ चैत ८ आइतवार ०८:१०
1.8K
shares
एजेन्सी: लिड्स युनाईटेडका लिजेण्ड फुटबल खेलाडी पिटर लोरिमेरको निधन भएको छ ।
लिड्सले लिजेण्ड खेलाडी पिटरको ७४ वर्षको उमेरमा निधन भएको जनाएको छ ।
लामो समयदेखि विरामी रहेका पिटरको शनिबार निधन भएको हो ।
स्कटल्याण्डका फरवार्ड पिटर लिड्सको सर्वाधिक गोलकर्ता खेलाडी हुन् ।
पिटरले लिड्सका लागि ७ सय ५ खेलमा २ सय ३८ गोल गरेका थिए ।
लिड्सबाट उनले एफए कप र लिग कप जितेका थिए ।
पिटरले स्कटल्याण्डका २१ खेल खेलेका थिए ।
सन् १९७४ को विश्वकपमा उनि टिमका महत्वपूर्ण खेलाडी थिए ।
हेर्नुहोस् तपाईको आज २०७७ चैत ७ गते आईतबारको तपाईको राशिफल
वि.सं.२०७७ चैत ८ आइतवार ०८:१०


















