स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाकोे सहज जित
वि.सं.२०७७ माघ १२ सोमवार ११:४१
1.5K
shares
एजेन्सी: स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सहज जित निकालेको छ ।
आज बिहान सम्पन्न स्पेनिस ला लिगा खेलमा बार्सिलोनाले एल्चेलाई २–० गोल अन्तरले पराजित गरेको हो ।
एल्चेको मैदानमा बार्सिलोनालाई जित दिलाउन फ्रेन्क डी जोङ र रिकार्ड पुइगले एक एक गोल गरे ।
३९ औं मिनेटमा जोङको गोलबाट बार्सिलोनाले सुरुवाती अग्रता बनाएको थियो ।
त्यसपछि खेलको ८९ औं मिनेटमा रिकार्डले गोल गर्दै बार्सिलोनालाई २–० को जित दिलाए ।
बार्सिलोना १९ खेलमा ३७ अंक जोड्दै लिगको तेस्रो स्थानमा उक्लिएको छ भने पराजित एल्चे १७ अंक जोडेर १९ औं स्थानमा रहेको छ ।
त्यस्तै गएराति सम्पन्न अर्को खेलमा ओसासुनाले ग्रानडालाई ३–१ ल पराजित गरेको छ ।
यो पनि पढ्नु होस्
वि.सं.२०७७ माघ १२ सोमवार ११:४१




















