YouTube Link

च्याम्पियनसिपका उत्कृष्ट पुरुष नेपाली खेलाडी जितबहादुर पुरस्कृत

Nepali Sena Suvakamana Dashain
Facebook Link

काठमाडौंः अमेरिकाको पोर्टल्यान्डमा मुख्यालय रहेको आईओएफटीसीले दोश्रो आईओएफटीसी पुम्सु अनलाइन भिडियो

च्याम्पियनसिपका उत्कृष्ट पुरुष नेपाली खेलाडी जितबहादुर बोटलाई नगद पुरस्कार प्रदान गरेको छ।

डिसेम्बर २८ देखि ३० तारिखसम्म पोर्टल्यान्डबाटै सञ्चालित उक्त प्रतियोगितामा १३ औं दक्षिण एसियाली खेलकुद (साग) का कांस्य विजेता जित ब्ल्याकवेल्टतर्फ उत्कृष्ट खेलाडी चुनिएका थिए ।

युवा तथा खेलकुद मन्त्री दावा तामाङले जितलाई प्रशंसा पत्रसहित १ सय ५० अमेरिकी डलर एक कार्यक्रमबीच हस्तान्तरण गरे ।

सोही अवसरमा उक्त प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेका नेपाली निर्णायक नोर्बु लामालाई पनि नगदसहित सम्मान गरिएको थियो ।

मन्त्री तामाङले लामालाई प्रशंसा पत्रसहित १ सय अमेरिकी डलर प्रदान गरे ।

त्यस्तै आईओएफटीसी हेल्प डेस्क टिम नेपाललाई पनि त्यसै अवसरमा प्रशंसा पत्रबाट सम्मान गरियो ।

संयोजक रामचन्द्र ब्याञ्जनकार तथा सदस्यहरु रजिन सिंह, निरोज गौतम, अर्जुन महर्जन र नमिका मोक्तान सम्मानित भए ।

अनुशासित टिम नेपाल प्रहरीलाई सम्मान स्वरुप प्रशंसा पत्र प्रदान गरिएको थियो ।

मन्त्री तामाङले खेलकुद र खेलाडीको हितका लागि मन्त्रालय सदैव तत्पर रहने प्रतिबद्धता व्यक्त गरे ।

निर्णायक लामाले विदेशमा रहेर पनि नेपाली तेक्वान्दो र तेक्वान्दो खेलाडी प्रति आईओएफटीसीका संस्थापक दिवाकर महर्जनले गरेको योगदानको प्रशंसा गरे ।

आईओएफटीसीको २० औं स्थापना दिवसका अवसरमा प्रतियोगिता आयोजना गरिएको थियो ।

२६ स्वर्ण, २४ रजत र २३ कांस्यसाथ अमेरिका टिम च्याम्पियन बनेको थियो ।

नेपाल १९ स्वर्ण, १४ रजत र २२ कांस्यसहित उपविजेता भएको थियो ।

प्रतियोगितामा विभिन्न २० राष्ट्रका २ सय ७० खेलाडीले विभिन्न ५० स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

आईओएफटीसीले आयोजक गर्ने मुख्य प्रतियोगिता इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड– १९ ले गर्दा स्थगित भएपछि आईओएफटीसीले अनलाइन प्रतियोगिता आयोजना गरेको हो ।

पहिलो संस्कणको अनलाइन प्रतियोगिता गत जुनमा भएको थियो । गत मे पहिलो साता अमेरिकाको मिचिगनमा आईओएफटीसीको १३ औं संस्करण हुने तालिका थियो ।

यसअघि सम्पन्न १२ संस्करण मध्ये ५ संस्करण अमेरिका र ४ संस्करण नेपालमा भएको थियो ।

बाँकी १–१ संस्करण हङकङ, भारत र लन्डनमा भएका थिए ।

यो पनि पढ्नु होस्

 

https://www.akhabarnepal.com/%e0%a5%a7%e0%a5%a9-%e0%a4%94%e0%a4%82-%e0%a4%a6%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a4%bf%e0%a4%a3-%e0%a4%8f%e0%a4%b8%e0%a4%bf%e0%a4%af%e0%a4%be%e0%a4%b2%e0%a5%80-%e0%a4%96%e0%a5%87%e0%a4%b2%e0%a4%95/

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

वि.सं.२०८३ असोज २६ सोमवार १२:२३

काठमाडौं: दोस्रो संस्करणको सुनुवार राष्ट्रसेवक कप फुटसल प्रतियोगिता २०८३ को...

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

वि.सं.२०८३ असोज १९ सोमवार १७:२९

काठमाडौं: ब्रदर्स एफसी हङकङद्वारा आयोजित दशै कप फुटसल प्रतियोगिताको उपाधि...

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...