पल्सर स्पोर्टस अवार्ड कार्यक्रम आज अपरान्ह साढे ४ बजे
वि.सं.२०७७ पुस २८ मंगलवार ११:४१
काठमाडौं: एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड कार्यक्रम आज आयोजना हुँदैछ ।
नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने अवार्ड कार्यक्रम ललितपुरको सातदोबाटोस्थित कराते हलमा हुनेछ ।
अवार्ड कार्यक्रम अपरान्ह साढे ४ बजे सुरु हुनेछ ।
अवार्डको विभिन्न चारवटा राष्ट्रिय टेलिभिजनहरु एनटीभी प्लस एचडी, जनता टेलिभिजन एचडी, इमेज च्यानल र एक्सन स्पोर्टस एचडीले प्रत्यक्ष प्रशारण गर्नेछन् भने मिडिया हब, एनएसजेएफको युट्युब र फेसबुक पेजसहित विभिन्न सञ्चार माध्यमका डिजिटल माध्यमबाट अवार्डलाई हेर्न सकिनेछ ।
अवार्डका लागि वर्ष २०७६ सालमा भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडीले गरेको प्रदर्शन र प्राप्त नतिजाका आधारमा खेलाडी र खेलकर्मी मनोनयनमा परेका छन् ।
कोरोना भाइरसको महामारीका कारण सेमी भर्चुअलको रुपमा आयोजना हुने अवार्ड कार्यक्रममा विभिन्न १० विधामा अवार्ड प्रदान गरिनेछ ।
वि.सं.२०७७ पुस २८ मंगलवार ११:४१