YouTube Link

जर्मनी बुन्डेस लिगा शनिबारबाट सुचारु हुँदै

Facebook Link

एजेन्सीः कोरोना भाईरसका कारण गत मार्चबाट रोक्किएको युरोपको ठूलो मध्येको एक जर्मनीको बुन्डेस लिगा शनिबारबाट सुचारु हुँदैछ । शनिबार पहिलो दिन बुन्डेस लिगाका ६ वटा खेलहरु हँदैछन् भने आईतबार २ खेल र मंगलबार १ मात्र खेल हुनेछ ।

शनिबार लिग अन्तर्गत पहिलो खेलमा दोश्रो स्थानको डर्टमण्डले छैठौं स्थानमा रहेको साल्केसँग डर्टमण्डको घरेलु मैदान सिग्नल ईडुना पार्कमा भिड्दै छ । लिग उपाधिमा वायर्न म्युनिखसँगको प्रतिस्पर्धा जारी राख्न शनिबारको खेल डर्टमण्डले जितका लागि खेल्नेछ । यी दुईबिचको खेल नेपाली समय अनुसार बेलुकी सवा सात बजेबाट शुरु हुनेछ ।

शनिबार नै सवा सातमा अन्य चार खेलमा सातौ स्थानको वुल्फ्स् बर्गले चौधौ स्थानमा रहेको अक्सबर्गसँग खेल्नेछ । त्यसैगरी रेलिगेसन जोनमा रहेको दुई क्लब डुसेल्दोर्फ र प्याडरबर्न आमने सामने हुनेछ भने तेस्रो स्थानमा रहेको आरबी लेब्जिगले आठौ स्थानमा रहेको फ्रेबर्गको सामना गर्दैछ ।

नवौ स्थानमा रहेको होफेनहामले १३औ स्थानमा रहेको हेर्था बर्लिनको सामना गर्दै छ । शनिबार हुने अन्तिम खेलमा चौथो स्थानमा रहेको बोरुसिया मोन्चेङ्लाबाडले बार्हौ स्थानमा रहेको फ्र्यान्कफर्टको सामना गर्दैछ । यो खेल नेपाली समय अनुसार राति सवा दशबजेबाट सुरु हुनेछ ।

२६औं चरण अन्तर्गत आईतबार हुने खेलमा साविकको विजेता वायर्न म्युनिखले युनियन बर्लिनको सामना गर्नेछ । खेल युनियन बेर्लिनको घरेलु मैदान अल्टेन फर्स्टेरी मैदानमा हुनेछ । शिर्ष स्थानमा रहेको वायर्नको २५ खेलबाट ५५ अंक छ । यी दुईबिचको खेल नेपाली समय अनुसार आईतबार पौने ९ बजे सुरु हुनेछ । त्यसै गरि आईतबार नै हुने सवा ७ बजेको खेलमा १०औ स्थानको एफसी कोलोनले १ औ स्थानको मेन्ज् क्लबको सामना गर्दैछ ।

मंगलबार २६औं चरणको अन्तिम एक मात्र खेल हुनेछ । उक्त खेलमा रेलिगेसन जोनमा रहेको वेर्डेर ब्रेमेनले आफ्नो घरेलु मैदान वेसर स्ट्याडियोनमा पाँचौ स्थानमा रहेको बायर लेभरकुसेनको सामना गर्दैछ । यो खेल मध्यराति सवा १२ बजेबाट हुनेछ । बुन्डेस लिगाका सबै खेलहरु बिना दर्शक बन्द स्टेडियममा हुनेछन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...