YouTube Link

एएसबीसी च्याम्पियनसिपको सेमिफाइनलमा छिरिङ

एसियन युथ एण्ड जुनियर बक्सिङ च्याम्पियनसिपमा

Nepali Sena Suvakamana Dashain
Facebook Link

एजेन्सीः एएसबीसी च्याम्पियनसिप युनाइटेड अरब इमिरेटसमा नेपाली खेलाडी छिरिङ वाङ्दी शेर्पा सेमिफाईनलमा प्रवेश गरेका छन् ।

नेपाली बक्सिङ खेलाडी छिरिङ वाङ्दी शेर्पाले युनाइटेड अरब इमिरेटस् (यूएई) मा कुवेतका खेलाडीलाई पराजित गर्दै एएसबीसीको सेमिफाइनलमा प्रवेश गरेकम छन् ।

यूएईमा भइरहेको एएसबीसी एसियन युथ एण्ड जुनियर बक्सिङ च्याम्पियनसिपमा शेर्पाले कुवेतका मोहम्मद अलिनेजी मोहम्मदलाई पराजित गरेको हो ।

जुनियर इभेन्टतर्फ शेर्पाले कुवेतका मोहम्मदलाई ब्यान्टम ५४ कि.जी तौल समुह तर्फ क्वाटर फाइनलमा ५–० अङ्कले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेका हुन् ।

यूएईबाट नेपाली टोलीका प्रशिक्षक डम्वरदत्त भट्टले जानकारी दिनु भएको हो ।

शेर्पाले आज सेमिफाइनल खेल्ने छन् ।

यस्तै जुनियर तर्फ महिला ५२ कि.जी तौलमा नेपालकी स्वस्तिका तिरुवाले पनि पदक पक्का गरेकि छिन् ।

स्वस्तिकाको तौल समुहमा कुल चार जना खेलाडी मात्र सहभागी भएका थिए ।

प्रतियोगितामा नेपालबाट शेर्पा र तिरुवासँगै पुरुषतर्फ ६० कि.जी तौलमा इन्द्रबहादुर सुनार, ५४ कि.जी तौलमा सुलभ माली र ७१ कि.जी तौलमा सुदेन गिरी तथा महिला ५७ कि.जी तौलमा नारिका राई गरी ६ खेलाडीले प्रतियोगितामा सहभागी जनाएका थिए ।

गएको महिना ललितपुरको सातदोबाटोमा सम्पन्न छनोट प्रतियोगिताबाट युएईमा भाग लिने खेलाडीको छनोट गरिएको थियो ।

टोलीमा ओलम्पियन एवं प्रशिक्षक दीपक महर्जन, सन्दीप श्रेष्ठ र दुर्गा गहतराज सहभागी छन् ।

टोलीको व्यवस्थापकमा नेपाल बक्सिङ संघका सदस्य मानबहादुर भण्डारी र झापा जिल्ला बक्सिङ संघका सदस्य तर्कराज राई रहेका छन् ।

प्रतियोगिता आउँदो असोज १५ गतेसम्म सञ्चालन हुनेछ ।

यो पनि पढ्नु होस्ः एथ्लेटिक विल्बाओे र बार्सिलोनाले बराबरिमा राेकिए

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:४५

दशै नेपालीहरुको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । यसले असत्यमाथि...

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:०९

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित...

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

वि.सं.२०८३ असोज २७ मंगलवार १७:३१

काठमाडौं: नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको चुनावमा...

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

वि.सं.२०८३ असोज २७ मंगलवार १५:५८

ओखलढुंगा: ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर ७ रावादोलुमा दुई दिने...

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

वि.सं.२०८३ असोज २७ मंगलवार १२:१८

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य खगेन्द्र...