YouTube Link

लक्ष्मी बैंक लिमिटेडले १ अर्ब ५४ करोड रुपैयाँ बढी नाफा आर्जन

Facebook Link

काठमाडौं:  लक्ष्मी बैंक लिमिटेडले १ अर्ब ५४ करोड रुपैयाँ बढी नाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म १ अर्ब ५४ करोड रुपैयाँ बढी नाफा आर्जन गरेको हो ।

 

आज सार्वजनिक वित्तीय विवरणअनुसार बैंकले नाफा अघिल्लो आर्थिक वर्षको यही अवधिसम्मको तुलनामा ९.२० प्रतिशतले बढी हो । अघिल्लो वर्ष बैंकले १ अर्ब ४१ करोड नाफा आर्जन गरेको थियो । समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ३६ लाख रुपैयाँ रहेको छ।

 

बैंकको सञ्चालन मुनाफा पनि ७.६६ प्रतिशतले बढेर २ अर्ब १७ करोड रुपैयाँ भएको छ । अघिल्लो वर्ष यस्तो मुनाफा २ अर्ब २ करोड रुपैयाँ रहेको थियो । बैंकले ३ अर्ब २१ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा ७.०१ प्रतिशतले घटी हो । अघिल्लो वर्ष यस्तो आम्दानी ३ अर्ब ४६ करोड रुपैयाँ रहेको थियो ।

 

लक्ष्मी बैंक लिमिटेडले १ खर्ब १४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ६ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ। अघिल्लो वर्ष बैंकले ४३ अर्ब ३७ करोड रुपैयाँ निक्षेप संकलन गरी ८८ अर्ब ४५ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।

 

बैंकको रिजर्भको आकार ५४.५३ प्रतिशतले बढेर ४ अर्ब ४० करोड रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा २ अर्ब ८५ करोड रुपैयाँ रहेको थियो। चुक्तापुँजी १० अर्ब ६९ करोड रुपैयाँ रहेको बैंकले खराब कर्जा १.०४ प्रतिशतबाट बढेर १.२१ प्रतिशत पुगेको छ। आधार दर ७.०८ प्रतिशतमा झरेको छ।

 

बैंकको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) पनि १४.४१ रुपैयाँ रहेको छ। पीई रेसियो २७.४१ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १५७.३२ रुपैयाँ रहेको छ।

 

यो पनी पढ्नुहोस् :

सानिमा लाइफ इन्स्योरेन्सको प्राथामिक शेयर भोलि बांडफांड हुने

 

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

वि.सं.२०८३ असोज १९ सोमवार १७:२९

काठमाडौं: ब्रदर्स एफसी हङकङद्वारा आयोजित दशै कप फुटसल प्रतियोगिताको उपाधि...

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...