सूर्योदय लघुवित्त वित्तीय संस्थाले १० करोड ५६ लाख रुपैयाँ खुद नाफा
वि.सं.२०७८ साउन १९ मंगलवार १६:४४
2.4K
shares
काठमाडौं: सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासमा १० करोड ५६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
सूर्योदय लघुवित्त वित्तीय संस्थाले आज सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमास वित्तीय विवरणअनुसार संस्थाको यो नाफा अघिल्लो वर्षको यही अवधिको तुलनामा १४८.७४ प्रतिशतले बढी हो । अघिल्लो वर्ष यही अवधिमा संस्थाले ४ करोड २४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।
समीक्षा अवधिमा संस्थाले ८ करोड ३७ लाख रुपैयाँ सञ्चालन घाटा व्यहोरेको छ । अघिल्लो वर्ष सञ्चालन मुनाफा ५ करोड ७९ लाख रुपैयाँ रहेको थियो । संस्थाको खुद ब्याज आम्दानी पनि ४५.३१ प्रतिशतले बढेर २९ करोड १७ लाख रुपैयाँ छ। अघिल्लो वर्ष यस्तो आम्दानी २० करोड ७ लाख रुपैयाँ थियो ।
समीक्षा अवधिमा संस्थाले २ अर्ब ३२ करोड रुपैयाँ सापटी लिई ३ अर्ब ६२ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। अघिल्लो वर्ष १ अर्ब ६९ करोड रुपैयाँ सापटी लिई २ अर्ब ६२ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।
संस्थाको रिजर्भको आकार ५८.१५ प्रतिशतले उकालो लागेको छ। अघिल्लो वर्ष ११ करोड ५८ लाख रुपैयाँ रहेको रिजर्भमा बढेर १८ करोड ३१ लाख रुपैयाँ पुगेको छ।
चुक्तापुँजी २४ करोड ८० लाख रुपैयाँ रहेको संस्थाको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) ४२.५८ रुपैयाँ पुगेको छ। पीई रेसियो ४०.६३ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १७३.८५ रुपैयाँ रहेको छ।
यो पनी पढ्नुहोस् :
लक्ष्मी लघुवित्त वित्तीय संस्थाले १९ करोड ३१ लाख रुपैयाँ खुद नाफा
वि.सं.२०७८ साउन १९ मंगलवार १६:४४


















